सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बैठकमा मन्त्रिपरिषद् विस्तार, एमसीसी परियोजनाका साथै, संसदलाई कसरी सशक्त बनाउने भन्नेबारे छलफल केन्द्रीत रहेको बताइएको छ ।
बैठकपछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले आजको बैठकमा उपर्युक्त विषयमा सामान्य छलफल भएपनि महत्वपूर्ण निर्णय भने केही नभएको बताइन् । उनका अनुसार बैठकमा एमालेले संसद अवरुद्ध पारेपछिको अवस्थाबारे पनि समीक्षा भएको थियो ।
बैठकमा प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रैबाट पनि छिटो मन्त्रिपरिषद् विस्तार गर्न दवाव आउन थालेको भन्दै यसलाई छिटो टुंगोमा पुर्याउनुपर्ने विषयमा धारणा राखेका थिए ।
आजको बैठकमा गठबन्धनका नेता उपेन्द्र यादवको भने सहभागिता रहेको थिएन । उनी अर्को कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले बैठकमा सहभागी नभएको बताइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।