२४ भाद्र, काठमाडौं ।
चार दिनको भ्रमण तालिका बनाएर नेपाल आएकी मेलिनियम चाइलेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार काठमाडौं ओर्लिए पछि राजनीतिक दलहरूमा झन् थपिएको छ ।
उपाध्यक्ष फातिमाको प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवालाई शुक्रबार फातिमाले भेट्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको प्रेस सहयोगी गोविन्द परियारले जानकारी गराए ।
बिहीबार दिउँसो २ बजे बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई भेटेकी फातिमाको काठमाडौं आगमनले राजनीति दलहरू दबाबमा परेका छन् ।
खासगरी सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवमा दबाव थपिएको छ। तिन जनालाई खासगरि चीन निकटको रुपमा हेरिन्छ ।
नेपालमा ऋणवाला परियोजना बीआरई ल्याउन चाहिरहेको चीनले अमेरिकाको अनुदान नेपालमा नआओस् भन्ने चाहन्छ । यसका लागि चिनियाँ राजदूतले प्रचण्ड, माधवदेखि उपेन्द्रसम्म भेटेर भनिसकेकी छन् ।
पछिल्लो दिनमात्रै चिनियाँ राजदूतले उपेन्द्रको निवासमै गएर भेटेकी थिइन् । जसले गर्दा यी तीन नेता चीन र अमेरिकाको चेपुवामा परेका छन् । कांग्रेस र एमाले भने एमसीसी पारित गराउनुपर्ने पक्षमा देखिन्छन् ।
तर एमसीसीमा अलमलमा रहेका प्रचण्ड, माधव र उपेन्द्र भने चेपुवामा परेका हुन् । एमसीसी सम्झौताबारे बुधवारै स्पष्ट पारिसकिएको छ । यो सैन्य गठबन्धन होइन । मात्र विकाससँग सम्बन्धीत छ । त्यसमाथि यो नेपालको संविधानमाथि पनि छैन । तर माओवादीले चीनको इसारामा यसलाई उचालिरहेको छ ।
एमसीसीले नै सत्य तथ्य बाहिर ल्याएपछि तनावमा परेका प्रचण्ड माधव उपेन्द्र एमसीसीका प्रतिनिधिमण्डल नेपाल आउँदा थप दबाबमा परेका छन् । त्यसअघि तिनै जना सल्लाहमा जुटेका हुन् ।
यादवको निवास हात्तिवनमा भएको छलफलमा एमसीसी प्रतिनिधिमण्डलसँग एकै स्वरमा कुरा राख्ने समझदारी भएको स्रोतले जनाएको छ ।ं