शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एमसीसी संसदबाट पास हुन दिन्नौँ भन्नु माओवादीको अडान होकी, स्वार्थ सिद्ध गर्ने रणनीति मात्रै ?


  • बिहिबार, भाद्र २४ २०७८
16K
SHARES

फाइल तस्विर

नेकपा माओवादी केन्द्रले यथास्थितिमा अमेरिकी अनुदान सम्झौता एमसीसी संसदबाट अनुमोदन हुन नसक्ने बताएको छ । प्रचण्डले सार्वजनिक रूपमै एमसीसी पास यथास्थितिमा हुँदैन भनिसकेका छन् भने माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले यथास्थितिमा परिमार्जन बिना कुनै हालतमा एमसीसी पारित नहुने माओवादी केन्द्रको बटमलाई रहेको बताएका छन् ।

एमसीसीको नेपाल सम्झौता परिमार्जन हुन नसक्ने अमेरिकी जवाफ आएको एकदिनपछि सत्तारुढ दलको यस्तो प्रतिक्रिया आएको हो ।

बुधवार मात्रै राजधानीको एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि संशोधनपछि मात्र एमसीसी पारित हुनसक्ने बताएका थिए ।‘राष्ट्रिय स्वाभिमानसँग जोडिएका कतिपय कुराहरू परिमार्जन हुनुपर्छ भन्नेमा पार्टी स्पष्ट छ’ गुरुङले भने, ‘अमेरिकी जवाफ आएपछि हामी पार्टीमा थप छलफल गर्छौं र अघि बढ्छौं ।’

एमसीसीको कारण सत्ता गठबन्धनमा दरार नआउने दाबी उनले गरे । ‘एमसीसी राष्ट्रिय स्वविमानसँग जोडिएको कुरा हो । गठबन्धन सरकार सञ्चालन गर्ने कुरा हो । यी दुई अलग कुरा हुन् । एमसीसीले गठबन्धनमा असर पार्दैन’ गुरुङले भने ।

नेपाल भ्रमणमा आउनुको पूर्व सन्ध्यामा एमसीसी उपाध्यक्ष फतिमा सुमारले बुधवार बेलुका सरकारले सोधेका ११ मूलप्रश्नको जवाफ दिएकी थिइन् जहाँ एमसीसी सैन्य रणनीतिको हिस्सा नरहेको पनि उल्लेख छ । आज नेपाल आएर एमाले अध्यक्ष केपी ओलीलाई समेत एमसीसी उपाध्यक्षले भेट गरी सकेकी छन् ।

एमसीसी उपाध्यक्ष नेपाल आएर एमसीसी संसद् बाट कुनै पनि हालतमा पास गराउने उद्देश्य रहेको बुझिन्छ । सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेस एमसीसीकै पक्षमा रहेको छ । भर्खर सत्ताबाट बाहिरिएको नेकपा एमाले पनि सत्तामा हुन्जेल एमसीसीको पक्षमा थियो तर सत्ता बाहिर आयपछि एमसीसी लाई केही समय हेर्ने भन्दै राजनीतिक खिचातानीको अस्त्र बनाउने रणनीतिमा देखिन्छ । माओवादी केन्द्रले पनि कतै आफ्नो राजनीति स्वार्थ सिद्ध गर्नकै लागि मात्रै अडान लिएको त हैन भन्ने सवाल उठ्न थालेका छन् ।

देउवा जसरी पनि एमसीसी पास गराइ छाड्ने मनसायमा रहेको बुझेका प्रचण्डले सत्ता स्वार्थ र वार्गेनिङकै लागि एमसीसीलाई प्रयोग गर्न खोजिएको भन्ने एकथरि राजनीतिका जानकारहरू बताउँछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा