शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

शंकर पोखरेलले माधव नेपालको दिमाग खराब बनाइदिए, गरे यस्तो घोषणा


  • बिहिबार, भाद्र २४ २०७८
11.7K
SHARES

फाइल तस्विर

नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले नेकपा एमाले विभाजन गराएर नेकपा एस पार्टीका अध्यक्ष बनेका माधव कुमार नेपाललाई मुखभरिको जवाफ दिएका छन् ।

नेता पोखरेलले माधव नेपालले एमाले छोडेको कारण एमालेलाई केही फरक नपर्ने बरु स्वयं माधव नेपालको राजनीति समाप्त हुने आशय व्यक्त गरेका छन् । समय र परिस्थती अनुसार आफुलाई ढाल्न नसक्दा माधव नेपालको राजननिती समाप्त हुने बाटाेमा गएको दावी पोखरेललले गरेका छन् ।

बिहिबार बिहान आफ्नो फेसबुकमा पाेष्ट गर्दै पाेखरेलले माधव नेपाललाई सिपी मैनालीसँग तुलना गर्दै पोखरेलले कुनै समय नेकपा मालेका संस्थापक महासचिव सिपी मैनाली क्रान्तिकारीहरुका आर्दशको मिथक जस्तै हुनुहुन्थ्यो उहाँले छोड्दा एमालेलाई कुनै फरक परेन भन्दै माधव नेपालले छोड्दा पनि केहि फरक नपर्ने पोखरेलले भनेका छन् ।

नेता पोखरेलले सीपीको सन्दर्भ जोड्दै माधवको बारेमा समाजिक संजाल मार्फत व्यक्त गरेको विचार यस्तो छ नेकपा (माले) को संस्थापक महासचिव सीपी मैनाली एक समय क्रान्तिकारीहरुको आदर्श र क्रान्तिको मिथक जस्तै हुनुहुन्थ्यो । समय क्रममा उहाँले पार्टी छोड्दा एमाले कमजोर भएन ।

जवकी माधव नेपाल त उहाँको तुलनामा औसत नै हो । समय र परिस्थिति अनुसार आफुलाई ढाल्न नसक्दा हरेकले आफ्नो नेतृत्व क्षमता र सान्दर्भिकता गुमाउदै जान्छ । यो समाज विज्ञान र प्रकृती विज्ञानको नियम पनि हो ।

नेकपा एमाले र नेकपा एस का नेताहरु विच एक अर्कालाई अरोप प्रत्यरोप गर्ने क्रम चलिरहको छ । हिजो मात्रै पनि एमालेले कारबाही गरेको माधव नेपाल सहितका १४ जना सांसदलाई कारबाही नगरेको भन्दै एमालेले संसद बैठकनै अवरुद्ध गरको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा