शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

नेपालमा सबैभन्दा धेरै विदेशी लगानी भारतबाट


  • बिहिबार, भाद्र २४ २०७८
10.5K
SHARES

फाइल तस्विर

नेपालमा लगानी गर्ने विदेशी मुलुकमा भारत पहिलो नम्बरमा रहेको छ । नेपालमा विदेशी लगानी आउन थालेदेखि अहिलेसम्म भारतबाटै सबैभन्दा धेरै विदेशी लगानी भित्रिएको नेपाल राष्ट्र बैंकले बताएको छ । भारतबाट नेपालमा ६५ अर्ब ४५ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको हो ।

यो रकम नेपालमा लगानी गरेका अन्य मुलुकको भन्दा धेरै बढी हो । नेपालमा लगानी गर्ने दोस्रो स्थानमा रहेको उत्तरी छिमेकी मुलुक चीनको भन्दा पनि दुई गुणाभन्दा बढी रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ । चीनबाट हालसम्म नेपालमा ३० अर्ब ९७ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको छ ।

नेपालमा लगानी गर्नेमा भारत र चीनपछि सेन्ट किट्स एण्ड नेभिसबाट १५ अर्ब २७ करोड रुपैयाँ आएको छ । यसपछि आयरल्यान्डबाट १२ अर्ब ९३ करोड र सिंगापुरबाट १२ अर्ब ४३ करोड रुपैयाँको विदेशी लगानी नेपाल भित्रिएको छ । यसपछि अस्ट्रेलियाबाट १० अर्ब ८२ करोड, संयुक्त अरब इमिरेट्सबाट ७ अर्ब १६ करोड र दक्षिण कोरियाबाट ७ अर्ब ९ करोड तथा अमेरिकाबाट ६ अर्ब ९ करोड रुपैयाँ लगानी भित्रिएको छ ।

केन्द्रीय बैंकले आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्ममा गरेको विदेशी लगानी सम्बन्धी सर्भेले यस्तो तथ्यांक देखाएको राष्ट्र बैंकले जानकारी गराएको छ । यस अवधिमा नेपालमा भित्रिने विदेशी लगानी ८.५ प्रतिशतले बढेको छ । उक्त वृद्धिसँगै नेपालमा हालसम्म भित्रिएको कुल विदेशी लगानीको आकार १ खर्ब ९८ अर्ब पुगेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा