आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

कांग्रेस नेता स्व.खुमबहादुरका छोरा अनुरागको वडा अधिवेशनमा के भयो ?


  • बिहिबार, भाद्र २४ २०७८
12.9K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसका स्व.नेता खुमबहादुर खड्काका छोरा अनुराग खड्का क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत भएका छन् ।

दाङको लमही नगरपालिका– ८ को वडा अधिवेशनमा युवा नेता खड्का सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधि चयन भएका हुन् । सक्रिय राजनीतिमा तीन वर्षदेखि लागेका खड्का दाङको देउखुरीलाई राजनीतिक केन्द्र बनाएका छन् ।

लमही नगरपालिकाको वडा नम्बर ८ को वडा सभापतिमा यादवनाथ योगी चयन भएका छन् । योगी संगीतकार पनि हुन् ।

क्षेत्रीय प्रतिनिधिमा प्रताप खड्का, उमेश खड्का, कर्णबहादुर बुढाथोकी, लालबहादुर बुढाथोकी, तिलक बुढाथोकी, दिकपाल योगी, मेघनारायण चौधरी, तारा नेपाली, नारायणी खड्का, सुलोचना खड्कालगायत चयन भएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा