शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

मन्त्री माग्दै सर्वोच्च पुगे माधव नेपालका संम्धी


  • बिहिबार, भाद्र २४ २०७८
12.8K
SHARES

फाइल तस्विर

काठमाडौं – नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे माधवकुमार नेपालका सम्धी हुन् । उनी नेकपा एमाले एकता जोगाउन पर्छ भन्दै अन्तिमसम्म एमालेमै बसेका थिए ।

तर नेकपा एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टीको सनाखत गर्ने दिन मात्र उनी नेकपा एकीकृतमा भएको भन्दै निर्वाचन आयोग पुगे । त्यतिबेलासम्म उनी ढिला भइसकेका थिए ।

निर्वाचन आयोगले निवेदनमा भएका नाम बाहेक अरुलाई सनाखत गर्ने अधिकार नभएको भन्दै फर्काईदिएको थियो ।

अहिले उनी नेकपा बैधानिक रुपमा एमालेका सांसद हुन् । उनलाई एमालले कारवाही पनि गरेका छैन् । यता एकीकृत समाजवादी पार्टीका केन्दीय सदस्य हुन् । उनको सांसद पद रहिरहे मन्त्री बन्ने लगभग पक्का छ । तर उनको सांसद जतिबेला पनि जान सक्छ ।

त्यही सांसद पद बचाइदिन र मन्त्री बन्ने बाटो खोलीदिन उनी सर्वोच्च अदालत गएका छन् । उनको साथमा अर्की सांसल शारदादेवी भट्ट पनि आफूहरुलाई नेकपा एकीकृत समाजवादीको सांसद कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट लिएर गएका हुन् ।

बुधबार प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टले सर्वोच्च अदालतमा दिएको रिटमा आफूहरुले समयमा नै एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरिदिएको भन्दै एकीकृत समाजवादी दल कायम गर्न अन्तरिम आदेश माग गरेका छन् ।

उनीहरुले हालसम्मको अभिलेखमा आफूहरु एमाले सांसद रहेको भन्दै मुद्दाको अन्तिम किनारा नलाग्दासम्म आफूहरुमाथि एमालेले गर्न सक्ने कारबाही रोक्न पनि अन्तरिम आदेश माग गरेका छन् ।

निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी रोजेका केन्द्रीय सदस्य र सांसदलाई सनाखत गर्न बोलाउँदा पाण्डे र भट्ट पनि आयोग कार्यालय पुगेका थिए ।

तर पहिले दिएको निवेदनमा नाम नरहेको भन्दै आयोगले उनीहरुको नाममा सनाखत गर्न अस्वीकार गरेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा