मैत्रीपूर्ण फुटबलअन्तर्गत आज नेपाली राष्ट्रिय महिला फुटबल टिमले बङ्गलादेशको सामना गर्दै छन् । एएफसी महिला एसियन कप छनोट–२०२२ अघि नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपाल र बङ्गलादेशबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजेबाट सुरु हुनेछ । दुई मैत्रीपूर्ण खेलका लागि बङ्गाली टोली सोमबार नेपाल आइपुगेको हो ।
बङ्गलादेशविरुद्ध मैदान उत्रँदा राष्ट्रिय महिला टिमले दशरथ रङ्गशालामा डेब्यु गर्नेछ । नेपाली महिला टिमले अहिलेसम्म घरेलु मैदान दशरथ रङ्गशालामा खेलेको छैन ।
उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोट अघि बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।
एएफसी महिला एसियन कप–२०२२ छनोटअन्तर्गत नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपाल सम्मिलिग समूहमा हङकङ र फिलिपिन्स रहेका छन् ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ । नेपालले छनोट खेल फिलिपिन्ससँग खेल्दै सुरुआत गर्ने तालिका रहेको छ । नेपालको पहिलो खेल फिलिपिन्ससँग असोज २ गते रहेको छ भने दोस्रो खेल हंङकङसँग असोज ५ मा प्रतिस्पर्धा गर्नेछ ।
यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर असोज ८ गते हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।