शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

गगनसंग भिड्न विश्वप्रकाश शर्मा तयार, पत्रकार सम्मेलनबाटै गरे यस्तो घोषणा !


  • बिहिबार, भाद्र २४ २०७८
14K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

बिहीबार बीपी स्मृति दिवसको अवसरमा काठमाडौंको सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेर कांग्रेस प्रवक्ता शर्माले महामन्त्रीमा उमेदवारी दिने घोषणा गरेका हुन् ।

हाल केन्द्रीय सदस्य र पार्टी प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेसँगै १४औं महाधिवेशन युवा आकर्षण हुने देखिएको छ ।

यसअघि, अर्का केन्द्रीय सदस्य गगन थापाले पनि महामन्त्री उठ्ने घोषणा गरि सकेका छन् । १३ औं महाधिवेशनमा पनि महामन्त्रीको उम्मेदवार रहेका थापाले यस पटक पनि सोही पदमा प्रतिष्पर्धा गर्ने घोषणा गरेका हुन्।

अर्का युवा नेता प्रदीप पौडेलले पनि महामन्त्रीमै प्रतिष्पर्धा गर्ने बताइसकेका छन् । भदौं १८ गतेबाट वडा अधिवेशन थालेको कांग्रेसमा अझै पनि २१ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक हुन सकेको छैन ।

सभापति बन्न नेताहरुको दौडधूप चलिरहेका बेला पार्टीभित्र अर्को आकर्षणको पद मानिएको महामन्त्रीमा एकपछि अर्को उम्मेदवारी घोषणा हुन थालेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा