शनिबार, साउन ९ २०८३
ताजा अपडेट

देउवा-ओली गठबन्धन बन्न सक्ने देखेपछि प्रचण्ड – माधव तनावमा, अब के गर्छन् ?


  • बिहिबार, भाद्र २४ २०७८
15.2K
SHARES

फाइल तस्विर

एमसीसीको मुद्दाले राजनीतिमा नयाँ ध्रुवीकरण हुने अन्दाज गर्न थालिएको छ । प्रधानमन्त्री शेरवाहादुर देउवा कुनैपनि हालतमा एमसीसी पारित गर्ने योजनामा छन् । गठबन्धन भित्रका माधव नेपाल र प्रचण्ड एमसीसी पास गर्न हुँदैन भन्ने पक्षमा रहेका कारण आगामी दिनमा राजनीतिमा नयाँ तालमेल बन्न सक्ने देखिन थालेको छ।

पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रूपमै एमसीसी पारित गर्न नहुने बताइसकेका छन् । माधव नेपाल निकट विद्यार्थी सङ्गठनले  आन्दोलन नै गर्न थालेको अवस्था छ । त्यसैले माधव नेपाल र प्रचण्ड एमसीसीको पक्षमा नदेखिनुले गठबन्धन धरापमा पर्ने र मुलुक नयाँ दिशामा अगाडि बढ्ने देखिन्छ ।

यता सत्तामा हुँदा केपी ओली एमसीसीको पक्षमा थिए तर सत्ता बाहिरिए सँगै एमसीसीलाई काँग्रेस सभापति सङ्घको तालमेलका लागि राजनीतिक मुद्दा बनाउन खोजेको देखिन्छ । चुनावमा जाने विषय यो  एमसीसी प्रकरणले झनै बलियो हुँदै गएको एक जानकार बत्ताउँछन् ।

काँग्रेस, एमाले र एमसीसी पक्षधर मधेशवादी दल मिलेमा पारित हुने सम्भावना छ । एमसीसीको मुद्दाले मुलुकलाई त्यही दिशातर्फ लाने अवस्था बन्दैछ । प्रचण्डले यही संकेत पाएर सत्ता गठबन्धन भत्काउन खोजेको विषय उठाएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा