शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

फातिमा काठमाडौँ ओर्लिदा नयाँ शैलीले विरोध, प्रहरी नै चकित


  • बिहिबार, भाद्र २४ २०७८
14.3K
SHARES

काठमाडौं – अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष काठमाडौं आउँदा नयाँ खालको विराध प्रर्दशन भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा ‘नो एमसीसी’ भन्दै नयाँ खालको विरोध प्रदर्शन भएको हो ।

एमसीसीकी उपाध्यक्ष फातिमा सुमार बिहीबार बिहान कतार हुँदै चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी छन् । त्यसैवेला कार चढेर आएका युवाहरुले विरोध गरेपछि प्रहरीनै चकित भएको छ ।

उपाध्यक्ष फातिमा सुमार विमानस्थलमा उत्रिएका बेला कारमा आएका केही व्यक्तिहरूले मुख्य गेट बाहिर एमसीसीविरुद्ध नाराबाजी गर्दै विरोध गरेका हुन् ।

‘नो एमसीसी’ लेखेका टि–सर्ट लगाएका एक व्यक्ति कारबाट बाहिर निस्किएर एमसीसीविरुद्ध नारा लगाएका थिए । उनलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर भ्यानमा राखेको थियो ।

अर्का व्यक्तिले भने कारभित्रैबाट एमसीसीको विरोध गरेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा त लिएन तर कार त्यहाँबाट हटाएको थियो ।

उनी नेपालमा रहदा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादीको नेता बाबुराम भट्टराई लगायतलाई भेट्ने कार्यक्रम छ ।

भेटमा उनले एमसीसी पास गर्न दवाव दिने बुझिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा