काठमाडौं – काठमाडौं मध्यबानेश्वरको एक आँखा उपचार केन्द्रमा शंकास्पद वस्तु भेटिएको छ । यो संघिय संसद भवन नजिकैको ठाउँ हो ।
नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न लागेका बेलमा बम भेटिनु अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रहरीका अनुसार मातृका आँखा उपचार केन्द्रको तेस्रो तल्लाको ट्वाइलेटमा शंकास्पद वस्तु भेटिएको छ ।
प्रहरीले बम राखिएको आशंकामा डिस्पोजल टोलीलाई खबर गरिसकेको र गौशाला प्रहरीको टोलीले घटनास्थल गएर अनुसन्धान शुरू गरेको महानगरीय प्रहरी परिसर काठमाडौं एसपी रमेश बस्नेतले जानकारी दिए ।
भर्खरै नेपाली सेनाको बम डिस्पोजल टोली सम्बन्धित ठाउँमा पुगेको छ । काठमाडौंको सेतो पुल नजिकै शंकास्पद वस्तु फेला परेको हो ।
सेतो पुलस्थित मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला परेको हो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले अस्पतालको तेस्रो तलामा टाइमरजस्तो देखिने शंकास्पद वस्तु फेला परेको जानकारी दिए । विष्फोटक पदार्थ भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।