शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

फातिमाको पहिलो भेट केपी ओलीसँग


  • बिहिबार, भाद्र २४ २०७८
10.3K
SHARES

फतिमा सुमार

काठमाडौँ – अमेरिकी सहयोग एमसीसी उपाध्यक्ष फातिमा सुमारको पहिलो भेट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग हुने भएको छ । उनी महाराजगञ्जस्थित अमेरिकी दूतावासबाट सिधै भक्तपुरको बालकोटमा रहेको ओली निवास पुग्ने छिन् ।

बिहीबार बिहान काठमाडौं उत्रिएकी उनी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न महाराजगञ्जबाट सिधै बालकोट जान लागेकी हुन्।

उनी अहिले दूतावासका अधिकारीहरुसँग आन्तरिक छलफलमा छिन्। सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहित काठमाडौं आइपुगेकी उनलाई सरकारले कडा सुरक्षा व्यवस्था दिएको छ।

फातिमा दिउँसो २ बजे बालकोट पुगेर पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीसँग पहिलो राजनीतिक भेटघाट गर्न लागेकी हुन्।

एमसीसीलाई लिएर एमाले अहिलेसम्म अनिर्णित छ। सरकारमा रहँदा ओलीले पारित गर्न तयार रहेको बताए पनि प्रतिपक्षमा गएसँगै एमसीसीलाई लिएर एमाले अनिर्णित देखिएको हो।

अध्यक्ष ओलीले एमसीसी पास गर्ने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलीय सत्तारुढ गठबन्धनको रहेको बताउँदै आएका छन्।

उनले केही दिनअघि संसदी दलको बैठकमा सरकारले झुक्याएर एमसीसी पास गर्न लागेको आरोप लगाएका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा