शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एमसीसी रोक्न प्रचण्ड सक्रिए, भित्र-भित्रै चाले यस्तो कदम !


  • बिहिबार, भाद्र २४ २०७८
12K
SHARES

फाइल तस्विर

काठमाडौं – अमेरिकाले नेपाल सरकारले सोधेका प्रश्नहरुको जवाफ फर्काएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सक्रियता बढेको छ । विहान विहानै विभिन्न दलका नेताहरुसँग प्रचण्डले भेटघाट गरेका छन् ।

नेपाल सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे उठेका प्रश्नहरुलाई समेटेर अमेरिकासँग लवाफ मागेको थियो ।

अमेरिकाले परियोजनाको सम्झाता भइसकेकाले अब परिमार्जन गर्न नसकिने जवाफ पठाएपछि प्रचण्डको दौडधुप बाक्लिएकाे हो ।

आज विहान सत्तारुढ गठबन्धनका कांग्रेसबाहेक अन्य तीन शीर्ष नेताबीच सरकारमा सहभागिता र एमसीसी विवादबारे छलफल भएको छ ।

हात्तीवनस्थित सिटी स्केप अपार्टमेन्टमा माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको हो ।

छलफलमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी छन् । एमसीसीका सन्दर्भमा कांग्रेस र सत्ता गठबन्धनका अन्य दल बीच मै कुरा मिलेको छैन ।

त्यस्तै माधव नेपाल र उपेन्द्र यादवबीच मन्त्रालय बाडफाँडमा समेत विवाद भएकाले प्रचण्डले मध्यस्थता गरिरहेका छन् ।

प्रचण्डकै पहलमा आजको वार्ता भएको स्रोतले जनाएको छ । उद्योग र भौतिक पूर्वाधार मन्त्रालयमा दुवै दलले दावी गरेका छन् । यसअघि सत्तारुढ गठबन्धनको बैठकमै नेपाल र यादवबीच विवाद भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा