शनिबार, साउन ३० २०८३
ताजा अपडेट

डडेल्धुरामा नेपाली कांग्रेस कार्यकर्ताहरुको कुटाकुट


  • बिहिबार, भाद्र २४ २०७८
9K
SHARES

अधिवेशनको विषयलाई लिएर डडेल्धुरामा नेपाली कांग्रेसका कार्यकर्ताहरुबीच हानाहान भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा क्रियाशील सदस्यतालाई लिएर कुटाकुट भएको हो ।

मंगलबार दिउँसो बसेको जिल्ला कार्यसमिति बैठकमा विवाद हुँदा कार्यालयमै कार्यकर्ताबीच कुटाकुट भएको हो । सातौँ जिल्ला अधिवेशनका लागि डडेल्धुरामा खटिएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बैठक पुस्तिकामा हस्ताक्षर नगरेपछि सुरु भएको विवाद अन्ततः कुटाकुटमा परिणत भएको हो ।

क्रियाशील सदस्यताको विषयमा छलफल भइरहँदा निर्वाचन अधिकृत बमले आफ्ना नजिकका साथी र आफन्तलाई एक पक्षीय र दुरासयपूर्ण तरिकाले उक्साएर झडप गराएको आरोप कांग्रेसका पिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले लगाएको छ ।

निर्वाचन अधिकृत तोकिएका बमले केन्द्रीय निर्वाचन समितिको निर्णयअनुसार भदौ २५ गते वडा अधिवेशनको मिति तोकेका छन् । तर, नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले भने सातौं जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ । यसले गर्दा कांग्रेस डडेल्धुरामा विवाद तीव्र बनेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा