नेपालमा एमसीसीको बिषयमा चर्को विरोध भइरहको बेला एमसीसीकी उपाध्यक्ष फतिमा सुमार सहितको उच्च स्तरीय भ्रमण टोली केही बेर अगाडी काठमाडौँ आइपुगेको छन् ।
फतिमाको भ्रमणको विरोधमा सडकमा निस्किएकाहरुलाई विहानै देखी प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको उच्च सुरक्षा व्यवस्थाका साथ उनीहरु नेपाल आइपुगेका छन् । काठमाडौँको सुरक्षा व्यवस्था अन्यन्तै कडा पारिएको छ ।
नमस्कार गर्दै विमानस्थल बाट बाहिरीएकी फतिमाको अुनहारमा कालो मास्क देखिएको थियो । उनलाई कालो झण्डा देखाउँन एयरपोर्ट पुगेका प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ गरे पनि उनले अनुहार भने कालो मास्कलेनै छोपेकी थिइन् ।
नेपालको चारदिने भ्रमणका लागि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० की उपाध्यक्ष फतिमा सुमार काठमाडौं आएकी छन् । उनी केहीबेरअघि कतार हुँदै काठमाडौं आइपुगेकी हुन् ।
नेपालमा अमेरिकी अनुदान सहयोग सम्बन्धी एमसीसी परियोजनाको प्रगति बुझ्ने सिलसिलामा उपाध्यक्ष सुमार काठमाडौं आएको स्रोतले जनाएको छ । नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस भइरहेको बेला उनको यो भ्रमणलाई चासोका साथ हेरिएको छ ।
चारदिने नेपाल बसाइँको क्रममा उपाध्यक्ष सुमारले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।
उनको आगमन र एमसीसीको विरोधमा हुन सक्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहीबार बिहानैदेखि सिनामंगल, थापाथली, नयाँबानेश्वर, पुतलीसडक, माइतीघर, महाराजगञ्ज लगायतका स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गणको टोली परिचालन गरिएको छ ।
सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना नेपालमा राजनीतिक खिचातानीका कारण अझै अगाडि बढ्न सकेको छैन ।