शुक्रबार, असोज ८ २०७८
ताजा अपडेट

याेगेश भट्टराईले रामकुमारी झाँक्रीलाई संसदमै कोल्याप्स हानेपछि !


  • KTM Khabar
  • बिहिबार, भाद्र २४ २०७८
30.6K
SHARES

काठमाडौं – योगेश भट्टराई, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री एमाले विभाजनपूर्व माधवकुमार नेपालको समूहमा थिए । एमाले विवाद उत्कर्षमा पुग्नु केही पहिला गणेशकुमार पहाडी बालुवाटार प्रवेश गरे ।

उनलाई ओलीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनाए । एमाले विवाद उत्कर्षमा पुग्दै गर्दा योगेश भट्टराई बालकोट पुगे र एमालेको अध्यक्ष केपी ओलीलाई आफ्नो साथ रहेको बताए ।

यता रामकुमारी झाँक्री भने माधवकुमार नेपालको हात समातेर निर्वाचन आयोग पुगिन् र नेकपा (एस) दर्ता गराइन् । त्यसै पार्टीविरुद्ध पछिल्लो समय एमाले आयोगदेखि अदालत हुादै सभामुख सापकोटाविरुद्ध सडकदेखि सदनसम्म आक्रोश पोखिरहेको छ ।

प्रतिनिधिसभा बैठकपछि योगेश र गणेश कुराकानी गरिरहेको ठाउँमा रामकुमारी पुगिन् । जहाँ उनीहरूले तस्बिर खिचाए र पत्रकारहरूसँग कुराकानी गरे ।

प्रतिनिधिसभा बैठकमा आफूहरूलाई अनधिकृत भन्दै खगराज अधिकारीलगायतले लगाएको नाराले हाँसोसँगै रिस पनि उठेको रामकुमारीले बताइन् ।

योगेशले ठट्यौली गर्दै थपे, ‘कोल्याप्स गरिदिउँ लाग्यो कि क्या हो ?’ त्यसमा रामकुमारी सही थपिन, ‘हो कोल्याप्स नै गरिदिउँ जस्तो लाग्यो ।’

त्यसपछि पत्रकारहरूले प्रश्न गर्‍यौं– न त रामकुमारीहरूलाई पदमुक्त गर्न भनेर नारा लगाउनुभयो न ढ्यापढ्याप गर्नुभयो किन ?

योगेशले इशारा गर्दै जवाफ दिए, ‘मनबाट आउनुपर्‍यो त्यसपछि दिमागमा सन्देश जानुपर्‍यो र हातसम्म सन्देश पुग्नुपर्‍यो । अहिले त्यस्तो मनमा नै लागेको छैन ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा