पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका नेता झालनाथ खनालले स्वास्थ्य उपचार खर्च ८१ लाख राज्य कोस बाट पाएको खर्च विवरण सार्वजनिक भएको छ । उनी देश र जनता प्रति योगदान भएका मुलुकको पूर्व प्रधानमन्त्री भई सकेका बर्तमा सांसद समेत हुन ।
उनको उपचार खर्च सबका सब राज्यले ब्यहोर्यो त्यो पनि बाहिरी देश भारतमा गएर उपचार गराए बापतको रकम राज्यले दियो । उनी त वरिष्ठ नेता थिए राज्यले उपचार गराउनु स्वभाबिक नै थियो तर त्यही हालत एक नेपाली जनताको भएको भए के उपचार सम्भव थियो त भन्ने प्रश्न सर्वसाधारणले उठाएका छन् ।
एक सर्बसाधारण भन्छन् झालनाथ खनालले ८१ लाख पाउनु सामान्य नै होला उनी मुलुकको प्रधानमन्त्री भइसकेका मान्छे हुन । उनको उपचार स्वदेशमै गरेको भए राज्यको दायित्व हुनु स्वाभाविक थियो । तर सिटामोलको अभावमा मरेका जनताको जिम्मा कसले लिन्छ ? भन्ने प्रश्न सर्वसाधारणले खडा गरेका छन् । राज्य अभिभावक हो भने सर्वसाधारणको उपचारको ग्यारेन्टी पनि लिनु पार्ने सर्वसाधारणको गुनासो छ । नेता लाई जति पनि राज्यले सहयोग गर्ने सर्वसाधारण अनाहकमा ज्यान गुमाउनु पर्ने अवस्था छ ।
तर बाहिरी देशमा गएर उनले छानेको अस्पतालमा गएर उपचार गर्दा पनि राज्यकै ढिकुटि दोहन गर्नु उचित छैन । आम सर्वसाधारण सुत्केरी बेथा लागेर अस्पताल पुग्न नपाएर मृत्युको मुखमा पुग्ने अवस्था छ । त्यति मात्र हैन सिटामोल खान नपाएर बर्से नि जरोले जनताले ज्यान गुमाउनु परेको अवस्था बरकरार भएको कुरा नेताले बुझ्नु पर्छ कि पर्दैन । स्वयम झालनाथले महसुस गर्नु पर्छ कि पर्दैन भन्दै सर्वसाधारणले प्रश्न खडा गरेका छन् ।
सरकारले झलनाथको उपचारमा लाग्ने सम्पूर्ण खर्च राज्यकोषबाट व्यहोर्ने निर्णय गरेको थियो । मृगौला प्रत्यारोपण गराउने क्रममा खनाल अस्पतालमा ७६ दिन बसेका थिए । एपोलो अस्पतालले ५० लाख ८८ हजार ६ सय २४ भारतीय रुपैयाँ (नेपाली ८१ लाख ४१ हजार ७ सय ९८ रुपैयाँ) को बिल दिल्लीस्थित नेपाली दूतावासलाई दिएको छ ।
बिलमा कोठा शुल्क, चिकित्सक परामर्श, शल्यक्रिया शुल्क, प्याकेज रकम, औषधिलगायत २० प्रकारका शीर्षकमा खर्च उल्लेख छ । असार २ (१६ जुन मा भर्ना भएका खनाल भदौ १४ (३ अगस्ट) मा डिस्चार्ज भएका थिए ।