आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

गंगा चौधरीको हिम्मत देखेर एमाले कार्यकर्तामा खुशीयाली, केपी ओलीले गरे प्रशंसा


  • बुधबार, भाद्र २३ २०७८
22.6K
SHARES

बुधबार भएकाे संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद भित्र हंगामा मच्चाएको थियो । आक्रोसित प्रतिपक्षी सांसदहरुले चर्को नाराबाजी गर्दै बैठक संचालन गर्न पटक-पटक अबरोध गरे ।

एमालेका महेश बस्नेत , गोकुल वास्कोटा, सुर्य पाठक सहितका सांसदहरुले चर्काे नाराबाजी गरेका थिए । अर्की सांसद गंगा चौधरीले गरेको कामको भने चौतर्फी चर्चा भइरहेको छ ।

सभामुख अग्नी सापकोटाले दुई पटकसम्म बैठक स्थगित गरे पनि पछि पेलरै जाने नियतले गृहमन्त्रीलाई बालकृष्ण खाँणलाई अध्यादेश टेबुल गर्न समय  दिएपछि एमाले सांसहरु झन् उग्र भएका थिए । यहि विचमा सांसद चौधरी भने रोस्टममै उक्लने प्रयास गरेकी थिइन् ।

प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिन बुधबारको पहिलो र दोस्रो बैठक एमाले सांसदहरुले अवरुद्ध गरे । बैठकपछि सहमतिको प्रयासमा छलफल पनि भएको थियो, तर सभामुख अग्निप्रसाद सापकोटाले सहयोग गरे गर्नुस्, नगरे प्रक्रिया अघि बढाउँछु’ भनेको एमाले सांसदहरु बताउँछन् ।

तेस्रो बैठक सुरु हुनासाथ सभामुख सापकोटाले गृहमन्त्री बालकृष्ण खाँडलाई राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्न समय दिए । प्रधानमन्त्री शेरबहादुर देउवासँगै पहिलो लहरमा बसेका गृहमन्त्रीलाई रोक्न अघि बढेका एमाले सांसदहरुलाई मर्यादापालकले रोके ।

त्यसक्रममा एमाले सांसद गंगा चौधरी सत्गौवा भने रोष्टममै उक्लिने प्रयास गरिन् । एमालेका एक सांसदका अनुसार उनले गृहमन्त्रीलाई जसरी पनि रोक्छु भनेकी थिइन् । त्यही क्रममा उनी मर्यादापालकलाई धकेल्दै रोष्टममै उक्लिन खोजेको एक सांसदले बताए ।

चौधरीले पनि त्यसलाई स्वीकार गरिन् । ‘गुरिल्ला सभामुखलाई (बैठक अघि बढाउन) रोक्न सकिएन । गृहमन्त्रीलाई रोक्न खोजेको मर्यादापालक लगाएर छेकियो । त्यही आक्रोशमा गृहमन्त्रीलाई रोक्न प्रयास गर्दा धकेलाधकेल भयो,’ उनले भनेकी छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा