नेकपा एमालेले आफ्नो दल टुक्र्याउन सभामुख अग्निप्रसाद सापकोटा प्रयोग भएको आरोप लगाएको छ ।
बुधबार प्रतिनिधिसभाको बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमालेले कारबाही गरेका सांसदलाई बचाउन सभामुखले भूमिका खेलेको उनले बताए ।
नेकपा एमालेले कारबाही गरेका सांसदलाई बचाउन र नेकपा एमाले टुक्र्याउन किन मतियार बन्नुभयो भन्ने प्रश्न सम्मानित संसदमा हामी जोडदार रुपमा उठाउन चाहन्छौं’ उनले भने ।
प्रमुख सचेतक भट्टराईले एमाले फुटाउन संविधान, कानुन, नियम, विधि सारा विषय उल्लंघन गरिएको बताए । आफूले माधवकुमार नेपालसहितका १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई मान्यता नदिएको भन्दै एमाले सभामुखसँग आक्रोशित भएको हो ।
प्रमुख सचेतक भट्टराईले एमालेले कारबाही गरेका १४ सांसद उपस्थित भएसम्म संसद चल्न नदिने अडान राखेर बुधबारको बैठक अवरुद्ध गरेको छ । एमाले सांसदको नाराबाजीपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।