शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

मुख्यमन्त्री अष्टलक्ष्मी आफै अल्पमतमा, अल्पमतको सरकारमा मन्त्री खान सांसदहरूलाई कति हतार ?

अल्पमतमा रहेकी मुख्मन्त्री शाक्यले बुधबार ६ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त


  • बुधबार, भाद्र २३ २०७८
10.7K
SHARES

फाईल तस्बिर

बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीमण्डल विस्तार गरेकी छन् । माधव नेपालले नेकपा समाजवादी पार्टी घोषण गरेपछि बागमती सरकार अल्पमतमा छ । अल्पमतमा परेकी शाक्यले मन्त्रीपरिषद् भने बिस्तार गरेकी छन् ।

अल्पमतमा रहेकी मुख्मन्त्री शाक्यले बुधबार ६ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गरेकी हुन् । नवगठित मन्त्रिपरिषद्मा डा. अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएकी छन् भने विजय सुवेदी सामाजिक विकास मन्त्री र शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् ।

प्रदीपकुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरिएको छ ।

मुख्यमन्त्री शाक्यले जीवन खड्का, सरस्वती बाटी, जुनेली श्रेष्ठ र बद्री मैनालीलाई राज्यमन्त्रीमा नियुक्त गरेकी छन् । खड्का भौतिक पूर्वाधार विकास राज्यमन्त्री, बाटी उद्योग राज्मन्त्री, श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री र मैनाली भूमि व्यवस्था, कृषि तथा सहकारी राज्मन्त्रीमा नियुक्त भएका हुन् ।

नवनियुक्त ६ मन्त्री र ४ जना राज्यमन्त्रीले बुधबारै सपथ लिएका छन् । बुधबार नियुक्त भएकासँगै बागमती प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय भएको छ ।

केही सांसदहरुले माधव नेपाल नेतृत्वको नयाँ पार्टी रोजेसँगै बागमती सरकार अल्पमतमा छ । अल्पमतमा सरकार हुँदा हुँदै पनि माननीय हरूलाई मन्त्री खाई हाल्न हतार परे जस्तो बागमती प्रदेशमा देखिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा