शुक्रबार, असोज ८ २०७८
ताजा अपडेट

माधव-प्रचण्ड एमसीसीमा अवरोध गर्ने, ओलीले संसद् चल्न नदिने भएपछि देउवा चुनाव घोषणा गर्दै !


  • KTM Khabar
  • बुधबार, भाद्र २३ २०७८
52.5K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कारबाहीमा परेका गैर सांसदको उपस्थितिमा सदन चल्न नदिने आज बताए सँगै संसद् नचल्ने निश्चित छ ।  आफूले कारबाही गरेका नेकपा एकीकृत समाजवादीका सांसद गैर सांसद रहेको आरोप लगाउँदै सदन स्वीकार नगर्ने बत्ताएसँगै संसद् नचल्ने त छदै छ । मुलुक पुन मध्यावधि चुनावमा धकेलिने विश्लेषण सुरु भएको छ ।

सत्ता गठबन्धनमा भएका माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्ड एमसीसी पास कुनै हालतमा नगर्ने बताई सकेका छन् भने सत्ता गठबन्धनको नवगठित एमालेबाट फुटेर आएको समाजवादी दलका बिद्यार्थिहरु एमसीसीको विरोधमा सडकमै आगो बाल्न थाली सकेको अवस्थामा पुन प्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई चुनावमा धकेल्ने आकलन हुन थालेको छ ।

राजनीतिक जानकारका अनुसार प्रचण्डले यो भन्दा अगाडि नै देउवालाई धोका दिई सकेका कारण देउवाकालागि अहिलेकै समय चुनाब घोषण गर्दा पार्टी बलियो भएर आउने र पुन प्रधानमन्त्री हुने रणनीति रहेको अनुमान गर्न थालिएको छ । उता सत्ता गठबन्धनमा पनि प्रचण्ड हाबी हुन थालेर मन्त्री मण्डल समेत बिस्तार गर्न कठिनाइ भएको बुझेका देउवा र प्रमुख प्रतिपक्ष ओलीको पनि निर्वाचनमा जाने मुद्दा मिल्ने भएका कारण एमसीसी लगायत मुद्दा अड्काउने र सदन पनि चल्न नदिएको अवस्थामा देउवाले मध्यावधि चुनाव गर्ने आकलन गरिन थालेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा