नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कारबाहीमा परेका गैर सांसदको उपस्थितिमा सदन चल्न नदिने अडान लिएका छन् । बुधवार सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले नेकपा एकीकृत समाजवादीका सांसद गैर सांसद हुन र उनीहरूको उपस्थितिमा सदन स्वीकार गर्न सकिँदैन भन्दै संसद् चल्न नदिने बताएका हुन ।
ओलीले भने, ‘गैर सांसदलाई संसदमा भाग लिन दिँदैनौ, हामी त्यसरी नियमावली विपरित सदन चल्न दिँदैनौ ।’ उनले बैठकमा निर्वाचन आयोगप्रति पनि आक्रोश व्यक्त गरेका थिए। कारबाही गरिएका सांसदलाई सनाखत गरेको समेत आरोप ओलीले लगाए । संसद अधिवेशन आज ४ बजेदेखि सुरु भनिएको छ । तर प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष ओलीले कुनै पनि हालतमा संसद चल्न नदिने गर्जन गरेका छन् ।
ओली अध्यक्ष रहेको नेकपा एमाले बाट अलग भएर माधव नेपाल समूहले छुट्टै नेकपा समाजवादी घोषण गरी सकेको अवस्था छ । ओलीले माधव नेपाल सहित १४ सांसदलाई कारबाही गरेको अवस्थामा सभामुखले कारबाही प्रक्रिया ढिला गरिदिएर छुट्टै दल निर्वाचन आयोगमा दर्ता गरी सकेको छ । ओलीले कारबाही गरेका सांसदहरू आज छुट्टै दलको हैसियतमा सदनमा जाने छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।