संसदको नयाँ अधिवेशन बुधबारदेखि सुरु हुँदैछ । संघीय संसदको यो नवौँ अधिवेशन हो । दुवै सदनको बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ ।
तर प्रमुख प्रतिपक्षी नेकपा एमाले सभामुख अग्निप्रसाद सापकोटासँग रुष्ट रहेको छ । एमालेले संसद चल्न नदिने तयारी गरेको छ । १४ सांसदलाई आफ्नो सिफारिस अनुसार कारवाही नगरेपछि एमाले र सभामुखबिच मनमुटावको अवस्था छ ।
सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक समेत नराखी संसदको सम्भावित कार्यसूचि सार्वजनिक गरेका हुन् ।
संसद अधिवेशनको पहिलो दिन नै बजेटसहितको १५ अध्यादेश स्वीकृत गर्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचि रहेको जनाएको छ ।
यसअघिको अधिवेशनमा यी अध्यादेश दर्ता पेश गरिएका थिए तर सरकारले अघि बढाएन । भदौ ३० भित्र निर्णय नगरिएमा स्वतः खारेज हुने अवस्था आएपछि अधिवेशन बोलाइएको हो ।
पहिलो दिन यसअघि रोकिएका अध्यादेश स्वीकार गराउने र दल विभाजन सहज हुने गरि ल्याइएको राजनीतिक दल सम्बन्धी अध्यादेशलाई टेबल गर्ने तयारी सरकारको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।