आज पिताको मुख हेर्ने दिन । चाहे जुनसुकै धर्म या सम्प्रदायका भए पनि बुवाको हात समातेर तोते बोली बोल्दै लरवरिएका पाइला चाल्न सिकेको हामीमध्ये धेरै छौँ र त्यसरी ताते ताते गरेर हिँड्न सिकाउने, हाम्रो जीवन सजाउन दिनरात अहोरात्र खटेर हामीलाई कर्म दिने अनि सुरक्षा दिने बुवाको सम्मान गर्ने दिन हो आज ।
शायद शब्दले व्याख्या गर्न सकिँदैन जसले हामीलाई सृष्टि गर्ने सृष्टि कर्ताको व्याख्या गर्न सकिँदैन, तिनै बुवाहरूको बुढेसकालको बलियो लाठी बन्ने प्रयास गरौँ । जे होस आमा बुवा नै यस जगतका देख्न सकिने भगवानहरु हुन । आजका दिन पृथ्वी लोकका सम्पूर्ण पिताहरूलाई सम्मान व्यक्त गरौँ ।
छोराछोरी बढ्लान, कमाई गर्लान, दूधभात देलान भनेर हरेक आमाबावुले आफ्ना छोराछोरीसँग अपेक्षा राखेका हुन्छन । सानामा आफूले थाङ्गना धोएर, को खाई को खाई गरेर खुवाएर, रुँदा फकाएर, माया गरेर हुर्काएको छोराछोरीहरुले पछि हुर्किएर आफूलाई दूधभात अर्थात् मिठो पोषिलो खानेकुरा देलान, माया गरेर राख्लान भन्ने आशा हुन्छ । त्यसैले त्यो आषलाई नमारौ ।
सामान्य मानव जीवन आधा राम्रो छोराछोरी बन्ने उत्कट चाहना र आधा राम्रो बुवा आमा बन्ने अभ्यासमैं बित्छ, । कर्तब्यको यो जीवन स्वरुपमा बुवा आमाको महत्व धेरै हुन्छ । हाम्रो मातापिता प्रतिको जिम्मेवारी हामीले वहाँहरूको हामीप्रतिको लगाव र प्रेमले झन प्रगाढ बनाउँदछ । त्सैसैले आजको दिन मात्र हैन बुवा आमाको हामी सबैले रेख देख गरौ माया गरौ सबैलाई बाबाको मुख हेर्नै दिनको शुभकामना !!