शनिबार, साउन ३० २०८३
ताजा अपडेट

देउवालाई एक मिनेट पनि प्रधानमन्त्रीको कुर्सीमा बस्ने अधिकार छैन : भिम रावल


  • सोमबार, भाद्र २१ २०७८
11K
SHARES

फाइल तस्विर

एमाले उपाध्यक्ष भिम रावलले राष्ट्रको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा विदेशीले धावा बोल्दा पनि चुप लाग्ने शेरबहादुर देउवा सरकारलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार नभएको बताएका छन् ।

रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई एक मिनेट पनि प्रधानमन्त्रीको कुर्सीमा बस्ने अधिकार नरहेको भन्दै तुरुन्तै राजीनामा दिनु पार्ने जोड दिएका छन् ।

एमाले अछाम–काठमाडौं सम्पर्क मञ्चले शनिबार बबरमहलको कार्की ब्यांक्वेटमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले यस्तो बताएका हुन्।

‘दार्चुलामा भारतीय एसएसबीले तुइन काट्दा तर्दै गरेका जयसिंह धामी बेपत्ता भए तर, सरकारले भारतसँग कुनै कूटनीतिक विरोध पनि जनाउन सकेन’, उनले भने, ‘स्वाधीन देशको सरकारले गर्ने काम यो हुनै सक्दैन।’

सरकारले सात दिनभित्र अनुसन्धान गर्ने भनेर एक महिना लगाएर ल्याएको प्रतिवेदनमा प्रष्ट विषय नै उल्लेख गर्न नसकेको रावलको भनाइ छ।

‘भारतको विदेश मन्त्रालयका प्रवक्ताले थाहा छैन भन्ने जवाफ दिन्छन्। अहिले पनि हेर्नुस् दार्चुलामा हेलिकोप्टर उडिरहेको छ। सरकार मौन छ,’ उनले भने, ‘राष्ट्रको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा धावा बोल्दा पनि सरकार चुप लाग्छ। त्यस्तो सरकारले जनताको देशको प्रतिनिधित्व पनि गर्दैन।’

उनले नेपालको परराष्ट्र मन्त्रालय र प्रधानमन्त्रीलाई बोल्नका लागि घाँटीमा कसले समातेको छ भन्दै प्रश्न गरे। ‘सरकार बन्यो हाम्रो सुदूरपश्चिम प्रदेशको दार्चुलामा जयसिंह धामीले नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन खुस्काइदिँदा बेपत्ता भए,’ उनले भने, ‘झटट् हेर्दा एकजना व्यक्ति जस्तो लाग्ला तर एउटा व्यक्तिले देशको प्रतिनिधित्व गरेको हुन्छ।’

रावलले जो व्यक्ति आफ्नो नागरिक र राष्ट्रको हक अधिकारको र स्वाधिनतामा कसैले आँच पुर्‍याउँदा बोल्न सक्दैन त्यस्तो व्यक्ति सरकार चलाउन मात्रै नभइ नागरिक नै हुन नसक्ने टिप्पणी गरे।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको उपाध्यक्षलाई नेपाल बोलाएर नेताहरूको घरघरमा पु¥याउन लागेको उनको भनाइ छ । उनले एमसीसी पास गरेर देशलाई उपनिवेश बनाउन लागेको भन्दै त्यसको विरुद्धमा आवाज उठाउन पनि नेता–कार्यकर्ताहरूलाई आह्वान गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा