शनिबार, साउन ३० २०८३
ताजा अपडेट

देउवा सरकार महिना नपुगी जन्मेको बच्चाजस्तो हो, यो सरकारले माखो मार्दैन : सुवास नेम्वाङ


  • सोमबार, भाद्र २१ २०७८
12.5K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका नेता सुवास नेम्वाङले शेरबहादुर देउवा नेतृत्वको सरकार सर्वोच्च अदालतको आदेशबाट जन्मिएकाले केही काम गर्न नसक्ने बताएका छन् ।

सोमबार युवा संघ नेपालले काठमाडौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले ५० दिन पुगिसक्दा पनि मन्त्रिमण्डल समेत विस्तार गर्न नसकेबाटै सरकारको क्षमता बुझ्न सकिने बताए ।

‘सर्वोच्चको आदेशबाट जन्मिएको सरकार ५० दिन नाघिसक्दा पनि मन्त्रिमण्डल विस्तार भएको छैन । सरकार विस्तार गर्दा सरकार नै ढल्छ कि भन्ने डर र दल फुट्ने डर छ । यो कस्तो अचम्म ?’, नेम्वाङको भनाइ छ ।

उनले सरकारलाई महिना नपुगि जन्मिएको बच्चासँग तुलना गर्दै सरकारको लक्षण ठिक नभएको पनि बताए । सर्वोच्चको फैसलापछि सरकारले अध्यादेश ल्याएर एमाले विभाजन गरेको भन्दै उनले सरकारको नियत यसैबाट प्रस्ट भएको बताए ।

‘यो सरकार जनताले बनाएको सरकार होइन, जननिर्वाचित सरकार विस्थापित गरेर सर्वोच्चको आदेशबाट जन्मिएको सरकार भएकाले होला सात महिना पनि नपुगी बच्चा जन्मियो भने हाम्रो गाँउघरतिर  कस्तोकस्तो मानिन्छ, लक्षण पनि ठिक छैन भन्छौ, हो त्यस्तै छ यो सरकार’, नेम्वाङको तुलना छ ।

उनले सर्वोच्च अदालतको फैसलाले संविधानलाई कमजोर बनाएको भन्दै कानुुनको शासनको लागि लडेको पार्टी भएकाले फैसलाप्रति असहमति भएपनि फैसलालाई एमालेले कार्यान्वयन गरेको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा