शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

परमादेशको सरकार र संसदले सिन्को पनि भाँच्न सकेन : सुवास नेम्वाङ


  • सोमबार, भाद्र २१ २०७८
14.6K
SHARES

फाईल तस्बिर

नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले अहिलेको सरकारलाई सर्वोच्चको आदेशबाट जन्मिएको सरकार भन्दै एउटा सिन्को पनि भाँच्न नसेको दावी गरे ।

सोमबार राजधानीमा आयोजित युवासंघको कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले दुई-दुई पटक पुन:स्थापित हुँदा पनि संसदले काम गर्न नसकेको बताए ।

‘हाम्रा अध्यक्षले यो संसदको कामै छैन भन्ने तर्कमा अधारित भएर संसद विघटन गर्नुभयो,’ नेम्वाङले भने, ‘तर, अदालतले पुन:स्थापना गरिदियो । पहिलो विघटन पुन:स्थापित हुँदा पनि संसदले केही काम गर्न सकेन ।’

उनले थपे, ‘दोस्रोपटक विघटन प्रधानमन्त्रीको बाध्यता थियो । दोस्रोपटक पनि पुन:स्थापित गरिदियो । ३० दिनमा एउटा सिन्को भाँच्न सकेको थिएन । यो सरकारले विजनेश दिएन ।’

नेम्वाङले अब पनि संसदले काम गर्न नसक्ने जिकिर गरे । सर्वोच्च अदालतको फैसलाप्रति व्यंग्य गर्दै उनले जुनसुकै दलका सांसदलाई मन्त्री बनाए पनि कारवाही नहुने र २५ भन्दा बढी मन्त्री बनाउन मिल्ने विषय फैसलामा छुटेको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा