लायन्स क्लब इन्टरनेशनल ३२५ ए १ अन्तर्गत रहेको लायन्स क्लब अफ बूढानीलकण्ठ नेवा पुःचको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार पोखरको दिगो पाटन चौतारामा स्थानिय संस्थाहरुसंग सहकार्य गरि रक्तदान कार्यक्रम गरिएको हो ।

लायन्स क्लव अफ काठमाडौं नोभेला र सुस्मिता फिल्मस्संगको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको बताइएको छ ।
रक्तदान कार्यक्रमबाट २४ पाउण्ड ब्लड संकलन भएको र उक्त ब्लडलाई नेपाल रेडक्रस सोसाइटी बुझाएको लायन्स क्लब अफ बुढानिलकण्ठ नेवा पुःच प्रेसिडेन्ट विकास श्रेष्ठले बताए ।
लायन्स क्लब अफ बुढानिलकण्ठ नेवा चार्टर प्रेसिडेन्ट श्रीकृष्ण श्रेष्ठ (आयन) ले रगतको अभावबाट कोही व्यक्तिले पनि मृत्युवरण गर्न नपरोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।