शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

सभापतिमा देउवालाई काउन्टर दिने हो भने पौडेल समूहले प्रकाशमान लाई अगाडि सार्नु पर्छ


  • सोमबार, भाद्र २१ २०७८
15.1K
SHARES

तस्विरः फाइल

नेपाली काङ्ग्रेसका शीर्ष नेताहरूमध्ये एक हुन् प्रकाशमान सिंह।  उनी सुशील कोइराला मन्त्रिमण्डलमा उप प्रधानमन्त्री, स्थानीय विकास तथा सङ्घीय मामिला मन्त्री भएर संविधान निर्माण प्रक्रियामा फाइनल फिनिसिङ गर्ने काममा सुशील कोइराला लाई नजिक बाट सगाएर मुलुकलाई संविधान दिने नेता पनि हुन । हकि स्वभाव नीति र सिद्धान्तमा टसको मास नहुने पार्टीको विधानलाई अक्षरशः पालना गर्न जोड दिने प्रकाशमान पार्टीलाई विधि र पद्धतिको पक्षमा हिँडाउनु पर्छ भन्ने कुरा उठाएर अहिलेका पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीमा प्रश्न खडा गरिरहने नेताका रूपमा चिनिन्छन् ।

तथ्याङ्क शास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेका सिंहको अर्को सशक्त पाटो नेपालको ऐतिहासिक राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेका लौह पुरुष गणेशमान सिंहका छोरा समेत हुन्।

तर उनी आफै भने गणेशमानको छोरा भएर हैन पार्टीको तल्लो तह देखि माथिल्लो तह सम्म खेलेको भूमिकाले आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवार आकाङ्क्षी रहेको बत्ताउँछन् ।

काँग्रेस काठमाडौँ जिल्ला कार्यसमिति सभापति हुँदै केन्द्रीय सदस्य, महामन्त्री हुँदै उपसभापति सम्मको जिम्मेवारी सम्हालिसकेका सिंहले उपप्रधानमन्त्रीको समेत जिम्मेवारी पूरा गरेको उनको सबल पक्ष छ ।  भ्रष्टाचार लगायत विवादमा नतानिएका निष्कलङ्क छवी छ उनको ।

२०५९ सालमा नेपाली कांग्रेसलाई फुटाएर नेपाली काँग्रेस प्रजातान्त्रिक गठन गरेर सभापति भएका देउवाको उपसभापति भएर नजिकबाट देउवा स्वयम लाई सहयोग गरेका सिंहलाई देउवाको आनि बानी अरू नेताहरूलाई भन्दा नजिकबाट उनै लाई थाहा भएको एक जानकार बताउँछन् ।

पौडेल समूहमा रहेका छन् अहिले प्रकाशमान । रामचन्द्र पौडेल स्वयम् सभापतिको उनको समूहमा बलिया र पहिलो आकाङ्क्षी हुन तर देउवा सँग पौडेल फिक्का हुनसक्ने राजनितिक जानकारहरू बताँउछन । रामचन्द्र पौडेलले यो पटक चुनाव समेत हारेका कारण जनतामाझ पनि रामचन्द्र अनपपुलर देखिन्छन् । वरिष्ठ नेता  पौडेलाई सिंहले रिझाए भने सो समूहमा प्रकाशमान सबैभन्दा धेरै योगदान भएका मसिनिएर लिडर हुन । उनले सबैलाई समेट्ने तागत पनि राख्छन् । तर उनको नीति र सिद्धान्त नछोड्ने अडिग भएर उभिने बानीले कहिले काई आफ्नै कार्यकर्ता रुष्ट हुन सक्ने एक जानकार बताउँछन् ।

कचल्टिएको संविधानसभाबाट संविधान जारी गर्न नेतृत्व गरेका र अति सादगी राजनीतिक जीवन बाँचेका सुशीललाई नजिकबाट सहयोग गरेर संविधान मुलुकलाई दिएको श्रेय  समेत धेर थोर प्रकाशमानलाई जान्छ । त्यसैले पनि प्रकाशमानले रामचन्द्रलाई मनाउन सकेको खण्डमा देउवा लई चुनौती खडा गर्दिने एक मात्र नेता भनेर चित्रण गर्न सकिन्छ ।

प्रकाशमान सँग अडान राख्ने हिसाबले गणेशमान सिंहकै झझल्को आउने गरी राख्ने भएकाले देउवालाई सभापतिमा हराउन सक्ने नेताको रूपमा लिइने गरेको एक जानकार बत्ताउँछन् । उनको सबल पक्ष परिवार वाद बाट टाढै छन् । अन्य नेताले जस्तो श्रीमती छोरा छोरी नातागोता च्यापेको देखिँदैन त्यसैले पनि देउवालाई टक्कर दिन उनले सक्छन् ।

रामचन्द्र पौडेल पनि सबल छन् पार्टीमा योगदान छ तर जनस्तरमा उमेरे या अन्य कारणले होला उनको पपुलारिटि घट्दो देखिन्छ । देउवा र पौडेल पहिलो पुस्ता भन्दा दोस्रो पुस्ताका नेता सिंह तुलनात्मक रूपले बलिया छन् । देउवा समूहमा देउवाले कुनै पनि हालतमा सभापति लडेरै छाड्ने मनसाय बनाएकाले पौडेल समुुह बाट रामचन्द्र नै सभापति लड्ने हो भने शेरबहादुरलेनै सभापति फेरी पनि जित्ने जानकारहरुले बताई रहेका बेला प्रकाशमान पौडेल समूह बाट आए भने शेरबहादुरलाई चुनौती सिर्जना हुने समेत बताइन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा