आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

ढोकामा अत्याधुनिक लक कोड राखेर अपार्टमेन्टमा यौनधन्दा !


  • सोमबार, भाद्र २१ २०७८
8.7K
SHARES

सङ्केत तस्बिर

प्रहरी आफै ग्राहक बनेर ललितपुर महानगरपालिकाको कासाबेल अपार्टमेन्टको ५ औं तल्लामा पुगेपछि बाहिरिएको यौनधन्दा अत्याधुनिक ढोकामा लक कोड राखेर धन्दा चलाईएको बाहिरिएको छ । अपार्टमेन्टमा पुग्दा प्रहरी नै चकित परेको थियो ।

प्रहरी ग्राहक बनेर अपार्टमेन्टमा पुगेपछि जब उनीहरुले प्रहरी ग्राहक नभएको थाहा पाएपछि उनीहरु तित्तरवित्तर भए । अपार्टमेन्ट ग्राहक बोलाउने र धन्दा चलाउने कार्यालय बनाएको भेटियो । कोठाभित्र छिर्दा रक्सिका बोत्तल, अस्थायी साधन र लुगा छरपस्ट थिए । प्रहरी भएको थाहा पाएपछि सबैले आफ्नो परिचय लुकाउन नातेदार भएको बहाना बनाएको बताईएको छ ।

प्रहरीका अनुसार उनीहरुले अपार्टमेन्टमा यौनधन्दा मात्र चलाएका थिएनन्, कमाएको पैसा मिटरब्याजमा लगाउने गरेका रहेछन् । यसका साथै उनीहरु मानव बेचबिखनमा समेत संलग्न रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ । यौनधन्दामा संलग्नलाई प्रहरीले पक्राउ गर्न सफल भए पनि मानव बेचविखनमा संलग्नलाई पक्राउ पूर्जी जारी गरेर खोजी भइरहेको प्रहरी जनाएको छ ।

अत्याधुनिक प्रविधिबाट बनाइएको ढोकाबाट भित्र छिर्नु र बाहिरिनुअघि त्यहाँ सुरक्षित पासवर्ड जडान गरिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार ढोकाबाट भित्र ल्याउने र बाहिर लैजान काम ग्राहक बनेर गएको महिलाले नै सम्हालेकी रहेछिन् ।

त्यसो त, प्रहरीले अकाउन्टेन्ट (लेखापाल)लाई राखेर हिसाबकिताव मिलान गर्न लगाएको पनि भेटिएको जनाएको छ । हालसम्म अपार्टमेन्टमा कति ग्राहक लगिन्थ्यो ? आउँथे ? भन्नेबारेमा प्रहरीले अनुसन्धानमा फेला पारेको जनाएको छ ।

अकाउन्टेन्टको फायलअनुसार ३ वटा छुट्टाछुट्टै बुकिङ गरिएको फायल भेटिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार एकजना ग्राहक यौनसम्पर्क बापत् ३ हजारदेखि १५ हजारसम्म लिने र कमिसन बापत् ल्याउनेलाई २५ प्रतिशत दिने गरिएको रहेछ ।

अपार्टमेन्टको ढोका नै पुग्न ६ महिना लागेको प्रहरीले भदौ १ गते ७ जनालाई पक्राउ गरिसकेको छ । हाल हिरासतमा रहेका उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा