शनिबार, साउन ३० २०८३
ताजा अपडेट

विदेशी प्रधानमन्त्री विरुद्ध प्रदर्शन गर्नेमाथि कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी


  • आइतबार, भाद्र २० २०७८
8.5K
SHARES

फाइल तस्विर

मित्रराष्ट्रका प्रधानमन्त्री विरुद्ध विरोध प्रदर्शन गर्नेमाथि कारबाही गरिने गृह मन्त्रालयले चेतावनी दिएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आइतबार एक विज्ञप्ति जारी गर्दै मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारावाजी, गर्ने जुलस निकाल्ने र प्रदर्शन गर्नेमाथि कारबाही गरिने चेतावनी दिएका हुन् ।

हालका दिनहरुमा दार्चुला प्रकरणलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध भइरहेको छ ।

मन्त्रालयले नेपालले सबै मित्रराष्ट्रहरुसँग पारस्पिारिक सम्बन्ध कायम राख्न चाहेको भन्दै नेपाली भूमिमा कुनै पनि मित्रराष्ट्र विरुद्धका गतिविधि हुन नदिने जनाएको छ ।

मन्त्रालयले मित्रराष्ट्रहरुसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कूटनीतिक माध्यमबाट समाधान गर्दै आएको भन्दै भविष्यमा पनि कूटनीतिक माध्यमबाटै समस्या समाधान गरिने बताएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा