बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले देशमा हालसम्म पनि राजनीतिक अस्थिरता कायम रहेको बताएकी छिन् । आइतबार जिल्ला समन्वय समिति मकवानपुरको समीक्षा बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले देशमा भएको विभिन्न चरणको जनक्रान्तिले व्यवस्था परिवर्तन गरेपनि राजनीतिक अवस्था र अस्थिरतालाई परिवर्तन गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरिन् ।
वर्तमान अवस्थामा राजनीतिज्ञहरुले जनताका अपेक्षा बुझ्न नसकेकाले दैनिक रुपमा सरकार परिवर्तनको खेल भइरहेको बताइन् । जननिर्वाचित बहुमतको सरकारलाई पनि राजनीतिज्ञहरुले स्वार्थ पूर्तिका लागि प्रयोग गर्दा देशमा अस्थिरता कायम रहेको उनको भनाइ छ ।
व्यवस्था परिवर्तनसँगै नयाँ अभ्यास गरिरहेको प्रदेश र स्थानीय तहहरुले संघीय सरकारले सही नेतृत्व र दिशा दिन नसकेको उनले बताइन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।