शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

मुड्की बजार्दै देउवालाई भीम रावलको चुनौति : तिमी देशघातीको धम्कीलाई म कुल्चिदिन्छु


  • आइतबार, भाद्र २० २०७८
11.3K
SHARES

फाइल तस्विर

नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले देशमा राजनीतिक अस्थिरता भएको बेलामा अमेरिकी साहायता परियोजना (एमसीसी) अनुमोदन गर्ने षड्यन्त्र भइरहेको भन्दै देशघातीको धम्कीलाई पैतालाले कुल्चिदिन्छु भन्ने अभिब्यक्ति दिएका छन् । मुड्की बजार्दै देउवालाई भीम रावलले कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने बताएका छन् ।

शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुको छलफल कार्यक्रममा बोल्दै रावलले एमसीसी इष्ट इन्डीया कम्पनी भन्दा पनि खतरनाक भएको दावी गरे। ‘झिलिमिली हुन्छ यो देश भनेर जनतालाई भ्रम छरेर नेपाललाई उपनिवेशकरणको बाटोमा पुर्‍याइदैछ,’ रावलले भने, ‘नेपाललाई पराधिन, उपनिवेश बनाउन पाइँदैन भनेर आ-आफ्नो ठाउँबाट आवाज उठाउनुस् ।’

उनले थपे, ‘जसरी बेलायतीहरुले भारतमा इष्ट इन्डीया कम्पनी खोले त्यो इष्ट इन्डीया कम्पनी भन्दा खतरनाक छ, एमसीसी ।’ एमसीसीको कतिपय प्रावधानहरुले नेपालको आत्मनिर्णयको अधिकार र स्वाधिनतामाथि हमला गर्ने रावलको दावी छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा