शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

ओली र रावलले राष्ट्रवादको व्याख्या आफूलाई पायक पर्ने किसिमले गर्छन् : झाँक्री


  • आइतबार, भाद्र २० २०७८
8.6K
SHARES

फाईल तस्बिर

नवगठित नेकपा (एकीकृत समाजवादी)की नेत्रृ रामकुमारी झाँक्रीले एमसीसीको बिरोधमा उत्रिएको भन्दै एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरेकी छिन्।

शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको प्रथम नगर कमिटीको भेलामा बोल्दै उनले ओली र रावलले राष्ट्रवादको आफूलाई पायक पर्ने गरि व्याख्या गर्ने गरेको टिप्पणी गरिन्।

‘खडग ओली हिजो एमसीसी पास गर्न कन्दनी सुर्काएर लागि परेको मान्छे आज एमसीसीको विरोध गर्दैछन,’ उनको भनाइ छ, ‘त्यसकारण पायक पर्दाको बखत बोलिने राष्ट्रवाद । कमरेड भीम रावल आज एमसीसीको विरुद्धमा जसरी बोल्दैछन । मलाई सम्झना छ : ५३ सालमा यो भन्दा ठूलो राष्ट्रघाती सन्धि महाकाली सन्धि भएको थियो । भीम रावलको पोजिशन के थियो ? कमरेड खडगप्रसाद ओलीको पोजिशन के थियो ? महाकाली सन्धिका बेला ।’

चुनावमा एमालेको हालत सदभावना पार्टीको जस्तै हुने टिप्पणी उनको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा