राप्रपा अध्यक्ष कमल थापाले संघीयता र धर्मनिरपेक्षताको औचित्य नभएको र यो खारेज हुनुपर्ने टिप्पणी गरेका छन् । मकवानपुर क्षेत्र नम्बर २ प्रदेश ख पार्टी कार्यालयको उद्घाटन गर्दै थापाले अहिलेको शासन प्रणाली मुलुकको लागि अनावश्यक बोझ रहेको बताउदै खारेज गर्नु पर्ने बताएका हुन ।
त्यस्तै मुलुक मियो बिनानो दाई भएको कुरा उल्लेख गर्दै मियो अर्थात अभिभावकको रुपमा राजसंस्था राख्नुपर्ने आजको आबस्यकता र नेपाली जनताको चाहाना रहेको बताएका छन् । मुलुकमा ब्रम्हलुटको अवस्थाबारे महालेखा परीक्षकको प्रतिवेदनले कहालीलाग्दो तस्बिर देखाएको चर्चा गर्दै थापाले निर्वाचन प्रणालीमा सुधार कुनै पनि हालतमा हुनुपर्ने जोड दिए।
राजनीतिलाई भ्रष्टाचारतर्फ उन्मुख गराउने निर्वाचन प्रणालीले नेता, भ्रष्टाचारी, माफिया, कर्मचारी र बिचौलियाको गठबन्धन झन् बलियो बनाउनेतर्फ सजग हुनुपर्ने थापाको भनाइ छ ।
करोडौं खर्च गरेर चुनाव जित्नेहरूको ध्याउन्न कमाउनेतर्फ केन्द्रित हुने भन्दै थापाले राजनीतिलाई कमाई खाने माध्यम बनाउन दिन नहुने र राजनितिलाई जनताको सेवाभावमै खर्चिनु पर्नेमा जोड दिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।