शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

इन्द्र बहादुर थापाद्वारा स्वास्थ्य सामाग्री वितरण


  • शनिबार, भाद्र १९ २०७८
15.5K
SHARES

१९ भाद्र, काठमाडौँ ।

नेपाली कांग्रेसका नेता इन्द्र बहादुर थापाले स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।

कोरोना कहरका बिच हुन लागेको नेपाली कांग्रेसको अधिवेशनलाई मध्यनजर गर्दै थापाले शुक्रवार स्वास्थ्य सामाग्री (मास्क, स्यानिटाइजर) वितरण गरेका हुन् ।
काठमाडौँको क्षेत्र नम्बर ४ अन्तर्गत रहेको नेपाली कांग्रेसको इकाईहरूमा पुगी थापाले उक्त स्वास्थ्य सामाग्री वितरण गरे ।

क्षेत्र नम्बर ४ अन्तर्गत बुढानीलकण्ठ नगरपालिकाको ८ वटा वडाका इकाई सभापति र काठमाडौँ महानगरकाको ४ वटा वडाका इकाई सभापतिहरूलाई भेटी अधिवेशनलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री मास्क, स्यानिटाइजर वितरण गरिएको जनाइएको छ ।

हामी यत्ति बेला वडा अधिवेशनको पूर्व सन्ध्यामा छौँ । नेता थापा भन्छन्,‘सोही अधिवेशनलाई मध्यनजर गर्दै आफ्नो तर्फबाट सहयोग स्वरूप उक्त सामाग्री वितरण गरेको छु । क्षेत्रका इकाई सभापतीसंग पनि भेट्ने अवसर पाइयो । आवश्यकता अनुसार अन्य सहयोगको निम्ति प्रतिबद्ध छु ।

नेता इन्द्र बहादुर थापा नेपाली कांग्रेसका काठमाडौँ जिल्ला सदस्य एवं क्षेत्र नम्बर ४ का समाजसेवी नेताको रूपमा चिनिन्छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा