शुक्रबार, असोज ८ २०७८
ताजा अपडेट

सिद्धार्थको अन्तिम संस्कारमा पुगिन् शहनाज, भाइले सम्हाले


  • KTM Khabar
  • शुक्रबार, भाद्र १८ २०७८
9.3K
SHARES

शहनाज गिल

मुम्बईको ओशिवारामा सिद्धार्थ शुक्लाको अन्तिम संस्कार हुँदैछ ।

आफ्नो विशेष साथीको अन्तिम संस्कारका लागि शहनाज गिल पुगेकी छिन् । शहनाज गिल समाधि स्थलमा पुगेका तस्बिर सार्वजनिक भएका छन् ।


शहनाज गिलको स्थिति निकै खराब देखिएको छ । उनी रुँदै आफ्नो सबैभन्दा विशेष साथीलाई अन्तिम बिदाई दिन पुगेकी छिन् । यतिबेला शहनाजलाई उनका भाइले सम्हालिरहेको देख्न सकिन्छ । उनी दिदीसँग समाधि स्थल पुगे । बाहिर मानिसहरु र मिडियाकर्मीको अत्यधिक भीड भएका कारण शहनाजलाई प्रहरी सुरक्षासहित समाधि स्थलसम्म पुर्याइएको छ ।

शहनाज गिल र सिद्धार्थको भेट बिग बस १३ मा भएको थियो । दुबैको दोस्ती निकै गहिरो थियो । उनीहरु एकअर्कामाथि मरी भेट्थे । तर अब उनीहरुको जोडी टुटेको छ ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा