शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

देउवा विरुद्ध पौडेल पक्षले एक मात्र उम्मेदवारी दिनू फलामका चिउरा चपाउनु जत्तिकै !


  • शुक्रबार, भाद्र १८ २०७८
19K
SHARES

तस्विरः फाइल

नेपाली काँग्रेसका वरिष्ठ नेता राम्राचन्द्र पौडेल समूहले १४ औँ महाधिवेशनमा आफूहरूको तर्फबाट सभापतिमा एउटै उम्मेदवार बनाएर जाने घोषणा गरेको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले पार्टी र लोकतन्त्र बचाउन विचार मिल्ने समूहबाट साझा उम्मेदवारी दिने बताएका त छन् तर पौडेल समूहमा साझा सभापतिको उम्मेदवार हुने सम्भावना कम छ । स्वयम रामचन्द्र पौडेल आफै सभापतिको दाबेदार हुन । पौडेलको रणनीति आफूलाई सबैले मान्ने र एक मात्र उम्मेदवार आफै हुने दाउमा छन् ।

पौडेल समूहमा सभापतिको आकाङ्क्षी धेरै छन् स्वयम रामचन्द्र पौडेल, शेखर कोइराला, शशाङ्क कोइराला ,प्रकाशमान सिंह रामशरण महत लगायतले सभापतिको दाबी गरिसकेका छन् । यस मध्य रामचन्द्र पौडेल,प्रकाशमान सिंह,शशाङ्क कोइराला शेखर कोइराला सभापति लड्ने मनसायमा छन् ।

कोइराला परिवार बाट पनि सजिलै रामचन्द्र पौडेललाई सभापतिमा सहमति दिने छाँट बुझिँदैन । कोइरालाहरु बाट एक शशाङ्क या शेखरले छोडेनन् भने देउवा विरुद्ध एउटा उम्मेदवारी दिने कुरा असम्भव छ । किनभने रामचन्द्र पौडेल सभापतिको उम्मेदवारीबाट ब्याक हुने मनसायमा छैनन् ।

अर्को तर्फ पौडेल खेमामै रहेका पूर्व महामन्त्री प्रकाशमान सिंहले कुनै पनि हालतमा सभापतिको उम्मेदवारी दिने बताएका छन् । प्रकाशमान सिंहले आफू नेचुरल सभापतिको दाबेदार भएको र आफ्नू दाबी नछोड्ने बताउँदै आएका छन् । आफू गणेशमान पुत्र मात्रै नभएर तल्लो तहदेखि पार्टीको संरचनामा बस्दै नेतृत्व गर्दै आएको उपप्रधानमन्त्री र पार्टीको महामन्त्री समेत भैसकेको ले आफूले गणेशमान जसरी त्याग नगर्ने र कुनै पनि कष्टमा सभापति लडी छाड्ने बताउँदै आएका छन् ।

सिंहलाई पनि सजिलो भने छैन रामचन्द्र पौडेललाई मनाउन सकेको खण्डमा मात्रै सिंह बलियो बन्ने छन् । उता पौडेललाई मनाइहाले भने पनि कोइराला परिवारको पनि सपोर्ट सिंहलाई चाहिने छ ।

पौडेल समूहबाट सहमतिमा एउटा उम्मेदवारी दिने सम्भावना फलामका चिउरा चपाए जस्तै देखिए पनि राम चन्द्र पौडेललाई सिंह र कोइराला परिवार बाट सहयोग भयो भने सम्भावना रहन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा