शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

ओली खुसी हुने गरी माधव नेपाललाई बामदेवले दिए अर्को झट्का !


  • शुक्रबार, भाद्र १८ २०७८
12.9K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई अर्को झट्का दिएका छन् । आफूलाई भेट्न गएका नेपाललाई निरास बनाएर पठाएका छन् ।

नेपालसँगको भेटमा जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, संघीयता परिमार्जन गर्नुपर्ने लगायतका चार सर्त राखेपछि झट्का लागेको छ । जवज छोडेर नयाँ सिद्धान्त बनाउन खोजेका नेपाललाई जवजले तनाव दिएको छ ।

बिहीबार दिउँसो गौतम र अध्यक्ष नेपालबीच भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा गौतमले आफ्नो चार सर्त रहेको बताए । आफ्नो सर्त पूरा भए एकीकृत समाजवादीमा लाग्ने गौतमको भनाइ थियो ।

गौतमले एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद जबज लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने सर्त राखेका छन् । जबज छोडेर एकीकृत समाजवादीमा लाग्न नसकिने गौतमको भनाइ थियो ।

जबजलाई मार्गदर्शक सिद्धान्त मानेपछि एकीकृत समाजवादीको एजेण्डा कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने गौतमले अध्यक्ष नेपालसँग सर्त राखेका छन् ।

राष्ट्रिय एकता अभियान चलाइरहेका गौतमले संघीयता परिमार्जनको समेत प्रस्ताव राखेका थिए । ‘संघीयता परिमार्जन गरौं भन्नु हुन्थ्यो, तर के भन्न खोज्नुभएको हो । थप छलफल चाहिँ भएन’, वार्तामा सहभागी एक नेताले भने ।

अध्यक्ष नेपालले भने गौतमको सर्तबारे छलफल गर्न सकिने जवाफ दिए । तर जबज छोडेको भन्ने प्रचारमा सत्यता नरहेको नेपालले प्रष्टोक्ति दिएका थिए । ‘जबज छोडिएको छैन, यतातिर नलाग्नुहोस् भन्नुभयो’, ती नेताले भने ।

एमालेबाट अलग भएर २ भदौमा माधव नेपालले एकीकृत समाजवादी दर्ता गराएका छन् । उक्त पार्टीमा जाने वा नजाने भन्ने टुंगो गौतमले लगाउन सकेका छैनन् । आफू निकट नेताहरुबाट यो निर्णय लिने जिम्मा गौतम आफैले लिएका छन् ।

बामदेवका ४ सर्तले नेकपा एमालेमा खुशीयाली छाएको छ । बामदेवका सर्त नेपालले नमान्ने लगभग पक्का जस्तै छ । त्यही भएर अध्यक्ष केपी शर्मा ओली पनि खुशीले गदगद् भएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा