आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

पर्वतमा पहिरोले ५ जनाको मृत्यु, तीन वेपत्ता


  • शुक्रबार, भाद्र १८ २०७८
12.7K
SHARES

सङ्केत तस्बिर

पर्वतका तीन स्थानमा पहिरोले पुरिँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना पुरिएर वेपत्ता भएका छन् । गएरातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका-३ दुर्लुङमा ५ जना पुरिएकोमा २ जना मृत अवस्थामा फेला परेका छन् ।

पहिरोमा पुरिएका एकै घरका ५ जना मध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ । घरका ३ जना वेपत्ता रहेको हुनाले खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई जीवितै उद्धार गरिने सम्भावना न्यून छ ।

यस्तै कुश्मा नगरपालिका-११ पकुवामा पहिरोमा पुरिएका ३५ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश पौडेलको शव फेला परेको प्रहरीले जनाएको छ।

मोदी गाउँपालिका-५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीया ठूलीमाया थापाको मृत्यु भएको छ । जिल्लाका अन्य स्थानमा पनि भीषण वर्षाका कारण क्षती भएको अनुमान गरिए पनि अहिलेसम्म विवरण नआएको प्रहरीले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा