राप्रपाका अध्यक्ष कमल थापाले सत्तामा पुग्न र पुगेपछि टिक्नको लागि विदेशीको मुख ताक्ने आत्मसमर्पणवादी शेरबहादुर देउवा नेतृत्वको सरकारबाट जनताले न्यायको आश गर्न नसकिने बताएका छन् ।
भारतीयले तुहिन काटी जयसिंह धामीको मृत्यु प्रकरणमा देउवा नेतृत्वको सरकारले उक्त घटना बङ्ग्याउन खोजेको आरोप लगाउँदै अध्यक्ष थापाले कुर्सीलाई टिकाउन विदेशीको मुख ताक्ने आत्मसमर्पणवादी प्रवृक्तिले राष्ट्रको हित र स्वभिमानको रक्षा गर्न नसक्ने बताएका हुन ।
आफ्नो सामाजिक सञ्जालमा थापाले भनेका छन् ‘भारतीय सुरक्षाकर्मीले तुईनको डोरी काटि दिएको घटना समेत बंग्याउन वाध्य पार्ने सरकारले जयसिंह धामीलाई न्याय दिलाउने आशा गर्न सकिन्न।
सत्तामा पुग्न र पुगेपछि टिक्न विदेशीको मुख ताक्ने आत्मसमर्पणवादी प्रवृत्तिले राष्ट्रको हित र स्वाभिमानको रक्षा गर्न सक्दैन। जयसिंह धामीलाई न्याय देउ ‘
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।