शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

प्रचण्डलाई झड्का, ओलीसँग सबन्ध सुधार्दै चुनावमा जाने दाउमा देउवा


  • बिहिबार, भाद्र १७ २०७८
12.5K
SHARES

प्रधानमन्त्री शेरबहादुर देउवा / पूर्व प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवा अहिले भएका सबै पार्टी मध्यका देश र जनता प्रति योगदान गरेका माहिर र चतुर राजनीतिक खेलाडी मानिन्छन् ।

उनले सत्तामा पुग्ने अवस्थामा नरहेको काँग्रेस सांसदको सिट सङ्ख्या कम हुँदाहुँदै पनि सत्ताको नेतृत्वमा पुगेर दुई तिहाइृको नजिक भएका कम्युनिस्ट पार्टीहरूलाई आफ्नू तागत र हैसियत राम्रै सँग देखाई सकेका छन् ।

अहिले काँग्रेसले नेतृत्व गरे पनि  सरकार गठबन्धनको सल्लाहमा चल्ने सरकार छ । गठबन्धनमा अर्का खेलाडी माओवादी केन्द्रका अध्यक्ष पूर्व प्रधानमन्त्री प्रचण्ड र भर्खरै एमाले बाट अलग भएर नयाँ दल दर्ता गराएका पूर्व प्रधानमन्त्री माधब नेपाल लगाएका राजनीतिक खेलाडीहरू छन् ।

देउवालाई गठबन्धनमा रहेका नेताहरूको प्रेसरले सरकार सञ्चालनै कठिनाई हुने र मन्त्रालयमा भागबण्डा नमिलेर सरकार बिस्तार गर्नै मुस्किल परेको अवस्थामा प्रमुख प्रतिपक्ष ओली सँग सम्बन्ध सुधार्दै मध्यावधि चुनाव गरेर प्रचण्ड लगायतका नेतालाई जनतामा पठाउने मनसायमा देउवा पुगेका छन् ।

सरकार सञ्चालनमै कठिनाइ गठबन्धनले गरे प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष ओली सँग सहकार्य गरेर मध्यावधि चुनाव गराउने मनसाय स्वरूप कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्की लाई ओली निवास आफ्नू सन्देश पठाएको हल्ला राजनीतिक वृत्तमा चल्न थालेको छ ।

प्रचण्ड सँगको सहकार्यमा धोका पाइने राम्रै बुझेका देउवा मध्यावधि चुनावकै पक्षमा रहेको र एमाले अध्यक्ष ओली पनि जनमतमै जानुपर्ने वकालत गर्दै आएको ले देउवा र ओलीको कुरा मिल्न सक्ने निश्चित छ ।

यता भर्खर एमाले फुटेर नयाँ दल दर्ता गराएका माधव कुमार नेपाल पनि तत्काल चुनावमा जने मनस्थितिमा देखिदैनन । उनको मिसन अहिले चुनावमा नगई पार्टीलाई सत्ताको पेरीफेरीमा राखेर शक्ति सञ्चय गरेर मात्रै चुनावमा होमिने दाउ छ ।

उता प्रचण्डको हालत अहिलेनै जनतामा गएको खण्डमा झनै खराब छ । जनताले अहिलेकै अवस्थामा नपत्याउने कुरा राम्रै सँग बुझेका प्रचण्ड पनि देउवालाई चुनावमा जानै हुँदैन भनेर गठबन्धनकै फाइदा उठाउँदै पार्टीलाई सत्ताकै पेरीफेरीमा राखेर चुनावमा पनि गठबन्धनकै बलमा  आफ्नो सिट सङ्ख्या बढाउने दाउमा प्रचण्ड रहेका छन् ।

तर यस्ता कुटिल कुरा राम्रै सँग बुझेका देउवा चुनावमा गएर प्रचण्ड लगायत नेतालाई साइजमा राख्ने र जनताबाट अनुमोदित भएर आफ्नै नेतृत्वमा सरकार बनाएर आफु अनुकूल सत्ताको बागडोर समाल्ने दाउमा देउवाको रणनीति रहेको बुझ्न सकिन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा