आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

ट्राफिकको चिटमै क्यूआरकोड, मोबाइलबाटै जरिवाना तिर्न सकिने


  • बिहिबार, भाद्र १७ २०७८
7K
SHARES

फाइल तस्विर

ट्राफिक नियम उल्लंघन गर्ने चालकले अब क्‍यूआर कोडबाटै जरिवाना भुक्तानी गर्न पाउने भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवानालाई क्‍यूआर कोडबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरेको छ । अब सवारी नियम उल्लंघन गर्ने चालकलाई ट्राफिक प्रहरीले क्युआर कोड भएको चिट दिनेछ ।

महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले यसअघि जरिवाना तिर्न बैंकमा जानुपर्नेमा अब क्यूआर कोडमार्फत मोवाइलबाटै भुक्तानी गर्न सक्ने बताए । सवारी नियम उल्लंघन गरेका चालकले अब क्युआर कोडमार्फत सरकारी राजस्व खातामा रकम जम्मा गर्न सक्ने उनले जानकारी दिए ।

उनले भने, ‘क्‍यूआर कोडमार्फत रकम तिरेपछि तोकिएको बैंकमा जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य हुन्छ । जरिवाना ठाउँको ठाउँ मोबाइलबाटै भुक्तानी गर्न सहज हुन्छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा