आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

सिस्ने खोलाले कार बगाउँदा ४ जनाको मृत्यु


  • बिहिबार, भाद्र १७ २०७८
15.2K
SHARES

फाइल तस्विर

दाङमा बाढीले गाडी बगाउँदा दिदीबहिनीसहित चार जनाको मृत्यु भएको छ ।

घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका ४ सिस्नेखोलामा आएको बाढीले गाडी बगाउँदा एकै घरका दुई दिदिबहिनीसहित चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतको रुपैडियामा किनमेल गरेर फर्कदै गर्दा प्रदेश ०३–०१–०२४च ४४४० नम्बरको कारलाई बाढीले बगाएको थियो ।

मृत्यु हुनेमा घोराही १३ का ३२ वर्षीया सुशीला श्रेष्ठ, घोराही १४ का ३० वर्षीया राधा श्रेष्ठ कुँवर, घोराही १३ का ४० वर्षीया रितामाया पुन र घोराही १४ का ४२ वर्षीया विमला केसीको मृत्यु भएको दाङका प्रहरी प्रबक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

राधा र शुसीला घोराही उपमहानगरपालिका- १६ का सदस्य जगत श्रेष्ठका छोरीहरु हुन् । बेपत्ता भएका पुन र केसीको पनि शव केहीबेरअघि भेटिएको डीएसपी रिजालले जानकारी दिए ।

चालक घोराही–१५ का ४० वर्षीय नरबहादुर पुनलाई प्रहरीले उद्धार गरेको छ । उनको खुट्टा भाँचिएको छ । पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा