शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

देउवा मध्यावधि निर्वाचन गर्ने मनस्थितिमा, प्रचण्ड र माधवलाई जनताले पत्याउलान् ?


  • बुधबार, भाद्र १६ २०७८
15.7K
SHARES

फाइल तस्विर

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मध्यावधि चुनाव गराउने मनसाय रहेको विशेष स्रोत बताउँछ । विगतमा चुनावमै जानु पर्ने जोड बल गर्दै आएका सभापति देउवा प्रचण्डको प्रेसर थेग्न नसकेर मध्यावधि चुनाव गराउने रणनीतिमा जान राष्ट्रिय सहमतिको सरकारको पक्षमा रहेको पनि स्रोत बताउँछ । जति सक्दो चाँडो आफ्नू पार्टीको माहाधिबेसन सक्ने त्यसपछि चुनावमा जाने देउवाको रणनीति बुझिन्छ ।

उनले फेरि अर्ली इलेक्शन गर्ने प्रयास थालेको त्यसका लागि विभिन्न माध्यमले दलका नेताहरुसँग छलफल थालेको स्रोतको भनाई छ  । देउवाले हिजो मङ्गलबार आफ्ना विश्वासपात्र समेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सन्देशसहित एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न पठाउनुले झनै देउवा चुनावकै पक्षमा रहेको बुझ्न सकिनछ ।

एक राजनीतिका जानकारका अनुसार गठबन्धनमा प्रचण्ड लगायतका नेतालाई सँगै राखेर आफ्नू र पार्टीको भविष्य गतिलो नहुने बुझेका सभापति देउवा चुनावकै पक्षमा जाने बताउछन् । उनी भन्छन् प्रचण्डलाई लिएर सँगै हिँड्यो भने पार्टीको भविष्य धरापमा पर्ने देउवाले राम्रै सँग बुझेका छन् त्यसैले जतिसक्दो चाँडो निर्वाचनै गर्नु देउवालाई लगेको हुन सक्छ ।

हिजो निर्वाचन लगाएतकै सन्देश लिएर मन्त्री कार्कीलाई देउवाले  ओली निवास पठाएको हुनसक्ने आकलन राजनीतिक वृत्तमा भएको छ ।

राष्ट्रिय सहमतिको सरकारसहित अर्ली इलेक्शनको सम्भावनाबारे कार्कीले ओलीसँग छलफल गरेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार देउवाले आउँदो वैशाखमा चुनाव गर्नसकिने सम्भावनाबारे ओलीसँग छलफलका लागि कार्कीलाई पठाएका हुन् ।

त्यसका लागि आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने उनको चाहना पनि सुनाएका छन् ।

पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको शर्तहरुका कारण देउवा अप्ठ्यारोमा परेको बुझिएको छ ।

उनले ओलीसँग सम्बन्ध सुमधुर बनाएर जाने प्रयास त्यसकारण पनि थालेका हुन् । ओलीसँग देउवाको कतिपय विषयमा सहमति छ ।

भर्खर पार्टी विभाजन गरेका माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष चुनावमा जाने मनस्थितिमा छैनन् । उनीहरू यही गठबन्धनलाई टिकाएर शक्ति आर्जन गरेर मात्रै चुनावमा भाग लिन चाहान्छन तर प्रतिपक्षी दलका नेता केपी ओली र देउवाको कुरा मिल्न सक्ने देखिन्छ ।

काँग्रेस पनि चुनावकै पक्षमा रहने र एमाले पनि चुनावकै पक्षमा  हुनु अझ देउवालाई गठबन्धनका नेताको प्रेसर धेरै हुनुले देउवाले मध्यावधि गराउन सक्ने एक राजनीतिका जानकार बताउँछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा