भारतीय राष्ट्रिय फुटबल टोलिका कप्तान सुनिल क्षेत्रीले आफूहरुलाई नेपालमा बोलाएर खेल्ने मौका दिएकोमा नेपाल सरकालाई धन्यवाद दिएका छन् ।
सोमबार दिउँसो करिब चार बजे भारतीय राष्ट्रिय फुटबल टोलि नेपालसँग दुईवटा मैत्री खेल खेल्न नेपाल आइपुगेको हो ।
त्रिभुवन विमानस्थलमा अवतरण गरे लगतै भातरीय कप्तान क्षेत्रीले कोरोना महामारीको जटिल समयमा पनि आफूहरुलाई बोलाएर मैत्री खेल खेल्ने मौका जुराइदिएको प्रति नेपाल सरकार र अखिल नेपाल फुटबल संघ (एन्फा) प्रति धन्यवाद ज्ञापन गरे ।
उनले नेपालमा आए लगतै गरिएको न्यायो स्वागत र उत्कृष्ट ब्यवस्थापन प्रति पनि कृतज्ञ रहेको प्रतिक्रिया दिए ।
‘यस्तो महामारीको अवस्थामा पनि हामीलाई बोलाएर फुटबल खेल्ने वातावरण मिलाइदिएकोमा नेपाल सरकार नेपालको फुटबल एशोसिएसनलाई धन्यावाद दिन्छु’,क्षेत्रीले प्रतिक्रिया दिँदै भने,‘आए लगतै गरिएको यो न्यानो स्वागत प्रति कृतज्ञ छौ
क्षेत्रीले सञ्चारकर्मीसँगको कुराकानीमा नेपाल सधै कडा प्रतिद्वन्दी रहेको जिकिरि समेत गरे । उनले नेपालसँगै खेल्नु जहिल्यै चुनौति रहेको धारणा ब्यक्त गरे ।
क्षेत्रीले भने,‘नेपाल हाम्रो लागि सधै कडा र चुनौतिपूर्ण प्रतिद्वन्दीको रुपमा रहेको छ । हामीले पहिल्यैबाट खेल्दै आएको नेपाल साफ प्रतियोगिताहरुमा एकदम गाह्रो टिम हो ।’
सुनिल क्षेत्रीसहित २५ सदस्यीय सिनियर टोलि नै नेपाल आएको छ । भारतीय टोलिको प्रशिक्षक इमार तिमाकको नेतृत्वमा नेपाल आएको हो ।
यी दई चिरप्रतिद्वन्दी टोलिबिच ६ वर्षपछि नेपालमा प्रतिस्पर्धा हुन लागेको हो । सन् २०१५ मा नेपाल र भारतले पछिल्लोपटक नेपालमा खेलेको थियो ।
उक्त समयमा यी दुई टोलि विश्वकप छनौटको दोश्रो लेगको खेलमा आमने सामने भएका थिए । सो खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो । त्यसअघि भारतमा सम्पन्न भएको पहिलो लेगको खेलमा नेपाल २–० गोल अन्तरले पराजित भएको थियो ।