आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

माधब नेपाललाई विष्णु रिजालको व्यंग्य : साइनबोर्ड झुण्ड्याउँदैमा पार्टी बन्दैन


  • बुधबार, भाद्र १६ २०७८
6.7K
SHARES

फाइल तस्विर

नेकपा एमााले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले एकीकृत समाजवादीप्रति लक्षित गर्दै साइनबोर्ड झुण्ड्याउँदै पार्टी नबन्ने बताएका छन् । नेकपा एमाले दैलेखले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले भने, ‘विचार र कार्यकर्ताको जगबिना पार्टी बन्दैन ।’

मूल घर छाडेर हिँड्नेहरु एकदिन एमालेमै फर्कने दावी गर्दै रिजालले अहिले एमालेलाई कमजोर पार्न सबै शक्ति लागेको बताए ।

‘सत्ताको ताप र रापको बलमा ल्याइएको अध्यादेश र त्यसभित्र बुनिएको तानाबानाले नेकपा एमालेलाई कमजोर बनाएको भान पर्न सक्छ, तर त्यसको नतिजा चुनावले देखाउने छ’ उनले भने, ‘पार्टीभित्र अन्तरविरोध हुनु स्वभाविक हो, तर पार्टी फुटाउनु गलत छ ।’
नेकपा एमालेका केन्द्रीय सदस्य राजबहादुर बुढाले एकीकृत समाजवादीमा लागेकाहरु पनि क्रमशः एमालेमै फर्कने विश्वास व्यक्त गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा