शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

म सर एलेक्स फर्गुसनका लागि म्यानचेस्टर युनाइटेडमा फर्केको हुँः रोनाल्डो


  • बुधबार, भाद्र १६ २०७८
12.1K
SHARES

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले अनुबन्ध गरेको छ । मंगलबार युनाइटेडले युभेन्ट्सका ३६ बर्षीय फरवार्ड रोनाल्डोलाई अनुबन्ध गरेको हो ।
सम्झौता अवधि दुई बर्षको रहेको युनाइटेडले जनाएको छ ।

युनाइटेडले १ करोड ५० लाख युरो खर्चेर युभेन्टसबाट रोनाल्डोलाई क्लबमा भित्र्याएको हो ।

रोनाल्डोले फेरि युनाइटेडका लागि खेल्न आतुर रहेको बताएका छन् । ‘म्यानचेस्टर युनाइटेड एक क्लब हो जसले मेरो हृदयमा विशेष स्थान पाउछ । म ओल्डट्राफोर्डमा खेल्नको लागि आतुर छु ।’

पाँच पटकका बालोन डी’अर अवार्ड विजेता रोनाल्डो थप्छन्, “म जहाँबाट स्थापित भएको थिएँ । अहिले त्यही फर्किएको छु । पुनः हामी एक ठाउँमा भएका छौँ । सर एलेक्स, यो तपाईंलाई समर्पित गर्दछु ।” रोनाल्डो युनाइटेडमा हुदाँ फर्गुसन क्लबको प्रशिक्षक थिए । रोनाल्डो मड्रिड जानुअघि युनाइटेडबाट २९२ खेलमा ११८ गोल गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा