शनिबार, साउन ९ २०८३
ताजा अपडेट

महेश बस्नेतदे देखाए भक्तपुरमा पावर, माधव नेपालको रुवाबासी


  • बुधबार, भाद्र १६ २०७८
11.9K
SHARES

फाईल तस्बिर

भक्तपुर – नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो पावर सो गरेका छन् । भक्तपुर जिल्लाका प्रतिनिधिसभाका सांसदसमेत रहेका बस्नेतले आफ्नो पावर सो गरेका हुन् ।

उनको जिल्लमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी निकै कमजोर देखिएको छ । एमालेबाट विभाजन भई एकीकृत समाजवादी गठन भए पनि भक्तपुरमा अधिकांश वडाअध्यक्षदेखि सांसदसम्म मूल पार्टीमै बसेका हुन् ।

दुई संघीय निर्वाचन क्षेत्र, चार प्रदेश निर्वाचन क्षेत्र, जिल्ला समन्वय समिति र चारवटा स्थानीय तहमा एमाले पहिलो पार्टी रहे पनि एकीकृत समाजवादी झन्डै निलको अवस्थामा छ ।

चार वर्ष अघि स्थानीय तहको निर्वाचनमा एमालेबाट र संघको निर्वाचनमा वाम गठबन्धन (एमालेतर्फ) बाट विजयी भएका भक्तपुरका वडाध्यक्षदेखि सांसदले पार्टी विभाजनमा केपी शर्मा ओली नेतृत्वको एमालेलाई साथ दिएका हुन् ।

भक्तपुरमा प्रतिनिधिसभा सदस्यका लागि दुई निर्वाचन क्षेत्र छन् । जसमा निर्वाचन क्षेत्र नम्बर १ बाट एमाले नेता महेश बस्नेत र २ बाट नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल संघीय सांसद छन् । बस्नेत एमाले अध्यक्ष ओलीका विश्वास पात्र मानिन्छन् । उनले तल्लो कमिटीका नेता, कार्यकर्तालाई मूल पार्टीमै ल्याएका छन् ।

भक्तपुरमा प्रदेशसभाका चार निर्वाचन क्षेत्रमा तत्कालीन वाम गठबन्धनले तीन सिट जितेको थियो । वाम गठबन्धनबाट जित्नेमा १ ‘क’ बाट हरिशरण लामिछाने तथा २ ‘क’ शशीजंग थापा र ‘ख’ बाट राजेन्द्रमान श्रेष्ठ थिए । १ ‘ख’ बाट नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाइँले जितेका थिए ।

तर, लामिछानको हृदयघातबाट निधन भएपछि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णलाल भडेलले चुनाव जितेका थिए । अहिले एमाले, माओवादी केन्द्र ब्यूतिएका मात्र छैनन्, एमाले विभाजन भएर एकीकृत समाजवादी पनि गठन भइसकेको छ ।

तत्कालीन नेकपाका तीन प्रदेशसभा सांसदमध्ये श्रेष्ठ मात्र नेपाल नेतृत्वको समाजवादीमा लागेका छन् । बाँकी दुई सांसद एमालेमै छन् । भक्तपुरका चार स्थानीय तहमा पनि एकीकृत समाजवादी कमजोर छ । तत्कालीन एमालेबाट निर्वाचित स्थानीय तहका प्रायः जनप्रतिनिधि मूल पार्टीको पक्षमा लागेका हुन् ।

मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठ तथा चाँगुनारायण नगरपालिकाका मेयर र उपमेयर क्रमशः सोमप्रसाद मिश्र र विणा बास्तोला एमाले नेता हुन् । सूर्यविनायकका मेयर बासुदेव थापा र उपमेयर जुना बस्नेत पनि एमालेबाट निर्वाचित हुन् । उनीहरूले मूल पार्टीमै रहेको बताएका छन् ।

बस्नेतले सानैदेखि एमालेबाट राजनीति गरेकाले पार्टीको विचारधारा, सिद्धान्त, मार्गनिर्देशनअनुसार चल्ने न्युज कारखानालाई बताइन् । मिश्रले पनि पार्टी विभाजन भए पनि सधैँ पाटीकै मार्गनिर्देशनमा रहने बताए । चाँगुनारायणका नौ वडामध्ये ३, ४, ६ र ८ का वडाध्यक्ष एमालेका छन्, जो मूल पार्टीमै छन् ।

सूर्यविनायक नगरपालिकामा १० वडा छन् । तीमध्ये तीन कांग्रेस र सात एमालेबाट निर्वाचित वडाध्यक्ष छन् । त्यसमा सातै वडाध्यक्षले ओलीलाई साथ दिएका छन् ।

मध्यपुर थिमिमा नौवटा वडामा एमालेबाट ५ का अमृतमान श्रेष्ठ मात्र एमालेका हुन् । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल र उपप्रमुख सरिता कुँवर पनि एमालेमै छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा